प्रधानमन्त्रीको चीन भ्रमणमा बिआरआई सम्झौता हुनु सुखद्ः झलनाथ खनाल

Saturday December 7, 2024

पढ्न लाग्ने समय :


नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बिआरआई) सम्झौता गर्नुभएकोमा खुशी प्रकट गर्नुभएको छ । चीन भ्रमण सेकर शनिवार स्वदेश फर्किनुभएका पूर्वप्रधानमन्त्री खनालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेपालको तयारी नपुगेपनि अन्तिममा बिआरआई परियोजनामा सम्झौता गर्नु सुखद् पक्ष भएको उल्लेख गर्नुभयो । बिआरआई सम्झौता गर्नु नै थियो भने छिमेकी देशसँग यत्रो नाटक किन गर्नुपरेको ? भन्दै प्रश्नसमेत गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले कसरी विश्वसँगको सम्बन्ध राम्रो बनाउँछ भन्ने उहाँको प्रश्न छ । सम्मानित नेता खनालले प्रधानमन्त्रीको चीन भ्रमणमा आन्तरिक गृहकार्य नपुगेको महशुस आफूले गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल र चीन बीचको सम्बन्ध र यो बिआरआई लिन किन नेपाल यस्तरी चुकिरहेको छ ? संसारमा १५३ मुलुकहरुले बिआरआई प्रोजेक्ट लिइसके, तर नेपालल यत्रो सात सात वर्षसम्म किन नलिएको भन्ने प्रश्न जुनसुकै पत्रकारहरुको पनि प्रश्न थियो । मैले यसबारेमा अध्ययन गर्दैछौँ, हामी लिन चाहन्छौँ, बिआरआईप्रति हाम्रो सकारात्मक धारणा छ भन्नेकुरा दृढतापूर्वक राखेँ । बढी फोकसको विषय बनेको थियो । चिनियाँ जनताले र चीनका सार्वजनिक उद्यमीहरुले मिलेर अन्तर्राष्ट्रिय विश्व विद्यालय स्थापना गर्ने सोच निर्माण गरेका छन् । त्यो अन्तर्राष्ट्रिय विश्व विद्यालयको नाम वल्र्ड युनिभर्सिटी फर पिस एण्ड डेभलपमेण्ट स्थापना गर्ने कुरा भएको छ । त्यसमा विभिन्न देशका पूर्वप्रधानमन्त्री राख्ने कुरा भएको रहेछ, नेपालबाट मलाई प्रश्ताव गर्नुभएको छ । त्यो विश्वविद्यालयको अनरेडी चियरम्यानको लागि । मैले हुन्छ भनेको छु । यो बिआरआईको बारेमा अब सम्झौता त भयो, तर अनौठो कुरा त्यहाँ घुम्दाघुम्दै कस्तो लाग्यो भने अब बिआरआईको बारेमा गर्नुपर्छ भनेर धेरै इन्टरभ्युमा भनेँ । तर अन्तिममा नहुने भएछ । एउटा ड्राफ्ट गरियो त्यो फिर्ता भयो, अर्को ड्राफ्ट गरियो त्यो फिर्ता भयो । अनि नहुने भयो भनेर संयुक्त विज्ञप्ति समेत निस्कियो । अन्तिममा फेरि केके कुराहरु हुँदै गयो, अन्तिममा बिआरआई सम्झौता भयो । भाषा यताउति गरेर भयो । गर्नैपर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुभयो ? छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन जसले सक्दैन, संसारसँग कसरी राम्रो सम्बन्ध बनाउने ? यो त पहिला नै अध्ययन गरेर होमवर्क गरेर गर्नुपर्ने का हो । छिमेकीसँग यो प्रकारको लापरवाही गरेर गर्नु हुँदैन थियो । तर जे होस् धेरै पटक घुमाउरो गरेर भएपनि बिआरआई सम्झौता भएको छ । त्यो राम्रो कुरा हो । मैले खुशी प्रकट गर्नुपर्छ ।’
सम्मानित नेता खनालले नेपाल सरकारले अविलम्व पारवहन सुविधा साकार बनाउन तत्काल अध्ययन जरुरी रहेको बताउनु भयो । भारतबाट ४ पटक नाकाबन्दी भोगिसकेको भन्दै पारवहन खुला हुने स्थिति बनेको खण्डमा कहिल्यै पनि नाकाबन्दी भोग्नु नपर्ने उल्लेख गर्नुभयो ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान