प्रधानमन्त्रीको आग्रहः सानो देशको भनेर हिनताबोध नगर्नुहोस्, कुनैपनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन

Thursday February 20, 2025

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि देशको सार्वभौमसत्ता सानो वा ठूलो नहुने उल्लेख गर्दै सानो देशको नागरिक भनेर हिनताबोध नगर्न आग्रह गर्नुभएको छ ।  बिहीवार पोखरा विश्वविद्यालयको २० औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल दुई ठूला देशको बीचमा परेर सानो देखिएको भएपनि प्राकृतिक र सांस्कृतिक रुपमा ठूलो रहेको बताउनु भयो । उहाँले इमानदारिताले मात्र सफलता प्राप्त हुने उल्लेख गर्दै इमानका साथ मेहेनत गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । सफलता बेइमानीले नभई इमानदारिताले मात्र प्राप्त गर्न सकिने उहाँको भनाइ छ । उहाँले इमानदारिताका साथ मेहेनत गरेर समाज र देशको लागि उपयोगि हुन समेत विद्यार्थीलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,  ‘मैले धेरै ठाउँमा भन्ने गरेको छु, सधैं इमानदार हुनुस् । इमानदारिताको फलमात्र श्रेययुक्त हुन्छ र सफल पनि हुन्छ । चोरले चोर्न सक्यो र पकेटमारले पकेट मार्नसक्यो भने त्यो सफलता होइन, सफलता सकरारात्मक कुरालाई मात्र भनिन्छ, समाजको हितको लागि गरिने कुरालाई मात्र भनिन्छ । आफ्ना निम्ति राम्रो अरुका लागि नराम्रो हुदैन । सफलता इमानदारिताले मात्र पाइन बेइमानीले पाइँदैन । बैइमानीले लुट्न कोही सफल भयो भने त्यो चरम असफल भयो । कुनैदिन कसैले केही थाहा पायो भने त्यो जेल गयो । त्यसलाई सफलता भनिदैन । सफल हुनका लागि हामीले इमानदार हुनैपर्दछ, सफल हुनका लागि हामी मेहेनती हुनैपर्दछ । इमान र इमादारितामा आधारित सफलता पाउनुपर्दछ । तपाईहरु समाज र देशका लागि उपयोगि हुनुपर्दछ ।’

उहाँले विद्यार्थीलाई असल आचरण घरपरिवारबाटै सिकाउन समेत अभिभावकलाई आग्रह गर्नुभयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको