प्रतिनिधि सभा बैठकमा सर्लाहीमा अन्तरजातीय विवाह घटनाबारे गृहमन्त्रीको जवाफ माग

Thursday February 6, 2025

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडिमाथिको घटनाबारे गृहमन्त्री रमेश लेखकको जवाफ माग गर्नुभएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहारबारे सरकारको जवाफ माग गर्नुभएको हो ।

उहाँले सत्येन्द्र र नेहको घटनाबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यसबारेमा सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले गृहमन्त्री लेखकको विषयमा जोडिएर आएको समाचारप्रति गम्भीर रहेको र वैवाहिक सम्बन्ध र जातिय कुरालाई लिएर गृहमन्त्रीले ठाडो निर्देशन दिने कुराको विश्वास नलागेको बताउनु भयो । भ्रामक समाचार फैल्याएर चरित्रहत्या गर्न खोजिएको बताउनु भयो । सत्येन्द्र र नेहामाथिको बर्बरता ६० लाख दलित समुदायमाथिको चोट भएको बताउनु भयो । अन्तरजातीय विवाह गर्ने जोडिमाथि बर्बरता गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

सभाको बैठकमा बोल्दै नेकपा एमाले सांसद हर्कमाया विश्वकर्माले पनि सत्येन्द्रराम र नेहामाथि राज्यले गरेको व्यवहारको भत्र्सना गर्नुभयो । उहाँले उनीहरुलाई न्याय दिन माग गर्नुभयो । उहाँले यस घटनाले जातीय विभेद मात्र नभइ यसलाई संरक्षण गरेर सरकारले पीडितलाई अन्याय गरेको उल्लेख गर्नुभयो । उहाँले विवाह दर्तासमेत गरिसकेका जोडीको सम्बन्ध तोड्न राज्यशक्तिको दुरुपयोग गरेर जबरजस्ती छुट्याउन खोज्नु उनीहरुको मानव अधिकार हनन हुनु रहेको बताउनु भयो । यसले नेपालको कुल जनसंख्याको १४ प्रतिशत जनसंख्यामाथि घोर अपमान भएको बताउनु भयो ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले पनि सत्येन्द्रराम र नेहामाथि गृहमन्त्रीको आदेशमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अपराध अनुसन्धान कार्याल्यका प्रमुख एसएसपी सानुराम भट्टराईमार्फत उक्त जोडीलाई पक्राउ पूर्जी जारी गरेको आरोप लगाउनु भयो । गितेन्द्रबहादुर (जिवी)राई जस्ता मान्छेलाई पक्रन नसकेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो । उहाँले निरीह दम्पतीलाई पक्रिएर सरकारले बहादुरी देखाएको उहाँको टिप्पणी थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले राज्यमा सबै नागरिकको उत्तिकै अस्तित्व र आत्मसम्मान रहेको बताउनु भयो । उहाँले आफूलाई सरकार हात्तीको दाँत जस्तै लागेको भन्दै देखाउने र चपाउने अर्को अर्को भएको महशुस गरेको बताउनु भयो । उहाँले सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएपनि व्यवहार अर्को भएको बताउनु भयो । विवाह दर्ता भइसकेको सम्बन्धलाई जबरजस्ती तोड्न गृहमन्त्रीकै निर्देशनमा राज्यशक्ति लागेको भन्दै आपत्ति जनाउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिषा नेपालीले अन्तरजातीय विवाहसम्बन्धी सर्लाही घटनामा गृहमन्त्री र प्रहरी महानिरीक्षककै संलग्नता रहेको समाचार आइरहेको भन्दै आपत्ति जनाउनु भयो । उमेर पुगेका युवा युवतीहरुले मन मिलेपछि स्वतन्त्रतापूर्वक विवाह गर्न पाउने अधिकार रहेको बताउनु भयो । उनीहरको सम्बन्ध तोड्न राज्य शक्ति नै लाग्नुपर्ने किन ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले सरकारको सिंहासन र बर्दीको दुरुपयोग गरिएको बताउनु भयो । बैठकमा आकस्मिक समयमा बोल्ने सांसदहरुले अन्तरजातीय विवाह भइसकेको र वैध ठहरिसकेको जोडीलाई सरकारले अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाउनु भयो ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ