प्रतिनिधिसभा बैठक बस्दै, निजामती बिधेयक प्रस्तुत हुने

Thursday March 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

संसद सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि राख्ने बिरोधको सुचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यसपछि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ प्रस्तुत गर्नेछन्।

मन्त्री जोशीले नै ‘निर्माणमुखी सामाग्री (ब्यवस्थापन तथा नियमन) बिधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ।

साथै, आ.व. २०८१-२०८२ को लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ गरिने महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिएका छन्।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको