प्रतिनिधिसभा बैठकः सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग

Thursday March 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको शून्य समयमा सांसदहरुले महिला हिंसा अन्त्य हुनुपर्ने, पोखरामा १६ वर्षअघि जग्गा अधिग्रहण गर्दा मुआब्जाबापतको रकम नपाएकाले अदालतको आदेशबमोजिम रकम पाउनुपर्ने माग गरे । उनीहरुले सहकारी विवाद र सुन तस्करी प्रकरणमा जोडिएका व्यक्ति सरकारमा सहभागी हुन नहुने तथा गोकर्णेश्वर नगरपालिकामा मेलम्चीको पानी सहज आपूर्तिको माग गरे।

सांसदहरुले अनुचित लेनदेन (मिटरब्याज)पीडितसँग भएका सहमति छिटो कार्यान्वयन हुनुपर्ने, चक्रपथको ‘सर्भिस ट्र्याक’ निर्माणमा ढिलाइ भएको, बोलपत्र खुला गरिए पनि सडक निर्माण सुरु नभएको, स्वर्गद्वारी जग्गाका मोही किसानले चलाएको आन्दोलनको माग सम्बोधन हुनुपर्ने, शिक्षा र स्वास्थ्यका राज्यको दायित्व र लगानी बढाउनुपर्ने, मिर्गौला रोगबाट बच्न सचेतना फैलाइनुपर्ने, सुनकोसी नदीको धाप्लाङ पसल निर्माण रोकिन नहुने, रोजगारी सिर्जना गर्नुपर्ने, दाइजो नपाउँदा विवाह रद्द गर्नेलाई कारबाही हुनुपर्ने आवाज उनीहरुले उठाएका छन् ।

सांसदहरुले मध्यवर्ती क्षेत्रका जनतालाई विकासको अनुभूति दिन, किसानले मल नपाएको रोदनको सुनुवाइ गर्न, प्रादेशिक अस्पतालमा पूर्वाधार विकास गरिनुपर्ने, गोरखाको पालुङटारमा यथाशीघ्र कृषि क्याम्पस सञ्चालन गर्न माग गरे । उनीहरुले योगमाया आयुर्वेदिक विश्वविद्यालयको निर्माणलाई गति दिन, हात्तीको आक्रमणबाट स्थानीयलाई जोगाउन, आगामी आर्थिक वर्षको बजेट महिलामैत्री बनाउन पनि माग गरे।

शुन्य समयमा सांसदहरु बिजुला रायमाझी, विद्या भट्टराई, बीना लामा, श्यामकुमार घिमिरे, विनिताकुमारी सिंह, शान्ति विक, शान्ति श्रेष्ठ, शिव नेपाली, शिशिर खनाल, शोभा ज्ञवाली, शङ्कर भण्डारी, सपना राजभण्डारी, सरस्वती बजिमय, सरस्वती सुब्बा, सराज अहमद फारुकी, सरिता भुसाल, डा स्वर्णिम वाग्ले, शान्ति चौधरी, सीताकुमारी राना, सीता मिजार, सुनिता बराल, सुशीला श्रेष्ठले समसामयिक विषयमा आवाज उठान गरे ।

साथै सांसदहरु सूर्यकुमारी श्रेष्ठ, सूर्यप्रसाद ढकाल, सूर्यबहादुर थापा क्षेत्री, सोभिता गौतम, हर्कमाया विश्वकर्मा, हरि ढकाल, हितराज पाण्डे, हेमराज राई, ज्ञानबहादुर शाही, ज्ञानु बस्नेत सुवेदी र ज्ञानेन्द्रबहादुर कार्कीले शुन्य समयमा भाग लिए ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको