प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार तोकिएको छ । लगातार बढेको सुनको मूल्य बढेर मंगलबार प्रतितोला एक लाख २६ हजारमा कारोबार भएको थियो । आज एक हजार घटेको हो ।

आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको थियो । सुनको मूल्य हालसम्मकै उच्च रहेर दुई दिनसम्म स्थिर थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २५ हजार ४ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य मंगलबारको दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला२० ले घटेर एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ । महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको