प्रचण्ड संयोजक रहेको नेकपा सुदूरपश्चिममा निल

Monday March 9, 2026

पढ्न लाग्ने समय :


धनगढी: सुदूरपश्चिममा  पुष्पकमल दहाल (प्रचण्ड) संयोजक रहेकोनेपाली कम्युनिष्ट पार्टी (नेकपा) निल भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट नेकपाले एक सिट पनि जित्न सकेन। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेता भीम रावलको समूह मिलेर बनेको नेकपाका ठुला नेताहरु पनि सुदूरपश्चिममा पराजित हुन पुगे।

चुनावअघि भव्य एकता घोषणा गर्दै ९ वटै जिल्लामा जनलहर आएको दाबी गरेको यो पार्टीले प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्ये एउटा पनि सिटमा जित्न नसकेको हो । तामझामका साथ जनताको मत जित्न होमिएको भनिए पनि नतिजा शून्य आएपछि यो समीकरण असफल देखिएको छ।

पार्टीको सबैभन्दा ठुलो भरोसा अछाम क्षेत्र नम्बर १ मा थियो। त्यहाँ नेता भीमबहादुर रावल उम्मेदवार थिए। जित्ने आस गरिएका रावल १० हजार २ सय ३३ मतमा सीमित हुँदै पराजित भए । त्यस्तै, अछाम क्षेत्र नम्बर २ मा बलबहादुर कुँवरले ६ हजार ४ सय ९३ मत मात्र प्राप्त गर्न सके । बझाङ जिल्लामा मीनबहादुर कुँवरले ९ हजार ७ सय ५७ मत ल्याए भने बाजुरामा प्रकाशबहादुर शाह ३ हजार ३ सय १ मतमा खुम्चिए ।

कैलाली र कञ्चनपुरजस्ता तराईका जिल्लाहरूमा पनि नेकपाका चर्चित अनुहारहरू पराजित भएका छन् । कञ्चनपुर क्षेत्र नम्बर १ मा नेतृ विना मगरले ११ हजार १ सय १० मत ल्याइन् भने कैलाली क्षेत्र नम्बर ३ मा वीरमान चौधरीले ११ हजार ९ सय ८३ मत प्राप्त गरे पनि तर दुवैले जित निकाल्न सकेनन्।

कैलाली क्षेत्र नम्बर ५ मा प्रेमबहादुर आले ७ हजार ८ सय ७६ मतमा सीमित भए । कैलालीका पाँच वटा क्षेत्रहरू १ मा रामलाल डगौरा थारुले ८ हजार ३ सय ९२, क्षेत्र नम्बर २ मा नन्दबहादुर साउँदले ४ हजार ३६९ र क्षेत्र नम्बर ४ मा हरिराम चौधरीले ५ हजार ६ सय ९ मत प्राप्त गरे । यस्तै क्षेत्र नम्बर ५ मा प्रेम आलेले ७ हजार ८ सय ७६ मत ल्याउँदै पराजित भए ।

यसै गरी, कञ्चनपुर क्षेत्र नम्बर २ मा माधवप्रसाद पन्तले ६ हजार ३३७ मत ल्याए । यस्तै क्षेत्र नम्बर ३ मा मानबहादुर सुनारले ४ हजार २ सय ८४ मत ल्याए । क्षेत्र नम्बर ३ मा मानबहादुर सुनारले ४ हजार २ सय ८४ मत ल्याए ।

सुदूरपश्चिमका पहाडी जिल्ला डोटीमा प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट ५ हजार ४१३ मतमा समेटिए भने डडेलधुरामा मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गरे । दार्चुलामा लक्ष्मणदत्त जोशीले ३ हजार ६५ मत र बैतडीमा परमानन्द भट्टले ६ हजार ९ य ६५ मत ल्याए । यसरी सुदूरपश्चिममा एक सिट पनि जित्न नसके पनि पार्टीका नेताहरूले हरेस नखाने र अझ सशक्त रूपमा जनताको सेवक भएर काम गर्ने प्रतिक्रिया दिएका छन् ।

शनिवार नेता भीम रावलले चुनाव हारे पनि सडकबाटै जनताको आवाज बोल्ने बताएका थिए । उनले हारबाट अझै पार्टीलाई अगाडी बढाउन बलियो भएर लाग्ने घोषणा गरेका थिए ।

 


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक