पौष १३ गतेदेखि २६ औं पोखरा सडक महोत्सव हुँदै

Wednesday December 18, 2024

पढ्न लाग्ने समय :


पर्यटकीय नगरी पोखरामा पौष १३ गतेदेखि १७ गतेसम्म २६ औं पोखरा सडक महोत्सव २०२४ हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको हो । पर्यटनको राजधानी पोखरामा रेवानले विगत २५ वर्षदेखि निरन्तर रुपमा सडक महोत्वस गर्दै आएको छ । यो वर्ष पनि विगतमा जस्तै अंग्रेजी नयाँ वर्षको अवसर पारेर २६ औं पोखरा सडक महोत्सव २०२४ गर्ने लागेको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिनुभयो । उहाँले आन्तरिक तथा वाह्य पर्यटकलाई अग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा लेकसाइड क्षेत्रको करिव ३ किलोमटिर क्षेत्रमा महोत्वस आयोजना हुने उल्लेख गर्नुभयो । उहाँले ‘सडक मै खाउँ,सडक मै नाचौं, सडकमै रमाउँ’भन्ने उद्देश्यले सडक महोत्सव आयोजना गरिएको बताउनु भयो ।

उहाँले महोत्सवले पोखराको कला÷संस्कृति प्रवद्र्धन गर्न,स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र प्रचारप्रसार तथा ब्राण्डिङ गराउन पोखरा सडक महोत्वसले महत्वपूर्ण भुुमिका खेल्ने बताउनु भयो । उहाँले सडक महोत्वसले स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान,विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा समेत योगदान पु¥याउने उल्लेख गर्नु भयो । उहाँले महोत्सवमा विभिन्न जातजातीका लोपउन्मुख साँस्कृतिक कार्यक्रम,मौलिक भेषभुषा प्रदर्शन,झाँकी प्रदर्शन प्रतियोगिता,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन,लाइभ कन्सर्ट लगायत मुख्य आर्कषण रहेको बताउनु भयो ।

पाँच दिनसम्म चल्ने महोत्सवमा करिव ५ लाख आन्तरिक तथा वाह्य पर्यटक आउने आँकलन रहेको आयोजकले जनाएको छ । अंग्रेजी नयाँ वर्षको लागि पोखराका होटलहरु करिव ४० प्रतिशत बुकिङ हुन थालेका छन् । महोत्सवसमा रेष्टुरेण्ट अगाडि आफ्नै स्टलहरु राख्ने र महोत्सव क्षेत्रमा बाहिरबाट आउन नपाउने व्यवस्था गरेको छ । नयाँ वर्षको लागि पोखरामा ७ सय बढी होटलमा ५० हजार बेडहरु उपलब्ध रहेको रेवानले जनाएको छ ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना