पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

Tuesday May 14, 2024

पढ्न लाग्ने समय :


टीकापुर । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् ।

लिसवेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन् । गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँलगायत तरकारी बाली लगाउने गर्छन् । यहाँका १२ किसान परिवारले सामूहिक र व्यक्तिगत रूपमा बनाइएका पोखरीमा सङ्कलन भएको पानीबाटै प्रशस्त आम्दानी गर्दै आएका किसान खेमराज सापकोटाले राससलाई बताए। उनीहरूले बारीमा पानी लगाउने समयसारिणी पनि बनाएका छन् ।

“खेतीका लागि पानीको समस्या भएकाले पोखरीमा मुहानको पानी सङ्कलन गरिरहेका छौँ, पोखरीको पानीको किफायती प्रयोगमा हामी सबैको जोड छ,”उनले भने । यहाँका किसान वर्षात्को दुई महिनाबाहेक अन्य समयमा तरकारीखेती गर्छन् ।

खेतीका लागि उनीहरूले सामूहिक वा व्यक्तिगत पोखरीमा जम्मा भएको पानी प्रयोग गर्ने गरेका अर्का किसान धर्मराज भट्टले बताए । किसानले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन् । किसानले वर्षाको पानी सङ्कलन गर्न प्रत्येक घरमा ‘स्वायल सिमेन्ट’ पोखरी बनाउने योजना रहेको उनले जानकारी दिए।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको