पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना पक्राउ

Tuesday May 14, 2024

पढ्न लाग्ने समय :


कास्की । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले आज आठ जनालाई पक्राउ गरेको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अनुसार उक्त सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको रु एक अर्ब ५४ करोड १५ लाख आठ हजार एक सय ४२ अपचलन गरेका छन् ।

सहकारीका सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको उजुरीपछि कास्की प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष पोखरा-१४ चाउथेका ४३ वर्षीय शङ्कर कार्की, निर्वतमान अध्यक्ष पोखरा-४ गैहपाटनका ६६ वर्षीय निदेशप्रसाद कोइराला, सहकारीका व्यवस्थापक पोखरा-११ का निरु थापा केसी, कर्मचारी प्रमुख पोखरा-२७ अर्चलेका ३७ वर्षीय सुरेन्द्रमणि पौडेल रहेका छन् ।

यसैगरी सहकारीका कानुनी सल्लाहकार पोखरा-१३ का ५३ वर्षीय इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष पोखरा-३० निवासी ५२ वर्षीय कुलदिप भट्टराई, कर्जा अधिकृत पोखरा-३० का ३० वर्षीय सुनिल थापा र शेयर सदस्य एवं सल्लाहकार पोखरा-८ का ६९ वर्षीय मानबहादुर गुरुङ रहेका छन् ।

सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम अपचलन गरेको भनी सहकारी रजिष्ट्रारको कार्यालय पोखराको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रनाउ शर्माले बताए ।

सहकारी रजिष्ट्रारको कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी बचतकर्ताको रकम अपचलन तथा हिनामिनाका बारेमा सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गर्न आग्रह गरेको थियो ।

यसैगरी प्रहरीले सहकारीका बचतकर्तालाई सार्वजनिक सूचनामार्फत उजुरीको आह्वान गरेको छ । आगामी जेठ २० गतेभित्र आफ्नो बचतको प्रमाण खुल्ने कागजातसहित उजुरी दिन प्रहरीले आग्रह गरेको छ ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना