पूर्वमन्त्री डा.रामचन्द्र अधिकारीको आत्मावृतान्त पुस्तक विमोचन

Wednesday February 12, 2025

पढ्न लाग्ने समय :


पूर्वमन्त्री एवं विश्व हिन्दु महासंघका पूर्वअध्यक्ष डा.रामचन्द्र अधिकारीको आत्मावृतान्त पुस्तक विमोचन भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक विमोचन गर्नुभएको हो । विमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले डा. अधिकारी नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ भनेर हिँडिरहनुभएको उल्लेख गर्दै बन्नसक्छ वा सक्दैन यसै भन्न नसकिने बताउनु भयो । उहाँले हिन्दुराष्ट्र बनाउने अभियानमा उहाँलाई साथ दिन पनि आग्रह गर्नुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘उहाँ मेरो सानैदेखिको साथी हो । अहिले हिन्दुराष्ट्र बनाउने अभियानमा हुनुहुन्छ, कतिको सफल हुन्छ थाहा छैन, उहाँलाई साथ दिनुस् ।’ 

सभापति देउवाले डा. अधिकारीसँग धेरै कुराहरुको अनुभव रहेको भन्दै देशका लागि आत्मवृतान्त पुस्तकले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको