पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आज राती ९ बजे सपथ ग्रहण

Friday September 12, 2025

पढ्न लाग्ने समय :


 

न्युज नेपाल समाचार
धनगढी, भदौ २७ गते । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै (शुक्रबार) नियुक्त गरी शपथ गराउने भएका छन् । उनको आज (शुक्रबार) राती ९ बजे पद तथा गोपनियताको सपथ ग्रहण हुने छ ।

राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलका अनुसार अन्तरिक सरकारका प्रमुखका रुपमा कार्कीको राती ९ बजे शीतल निवासमा सपथ ग्रहणको तयारी भइरहकेो छ ।

यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश कार्कीसहितको टोली शीतल निवास पुगेको थियो । कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेका थिए । कार्कीलाई अन्तरिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको थिएन । राष्ट्रपतिका सञ्चार विज्ञ पोखरेलले ‘यसबारे कार्कीको नियुक्तिसँगै सहमतिको औपचारिक जानकारी आउने’ जानकारी दिए ।

यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । असामान्य परिस्थितिलाई ध्यानमा राख्दै दिइएको राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए ।

शुक्रबार साँझ राष्ट्रपति पौडेल र पूर्वप्रधानन्यायाधीश कार्कीबीच निर्णायक कुराकानी भएको थियो । शीतल निवासमा राष्ट्रपति पौडेल र पूर्वप्रधानन्यायाधीश कार्की दुई जनाले मात्रै अलग कोठामा कुराकानी गरेका थिए ।

छलफलका लागि शीतल निवास बोलाइएका जेनजी प्रतिनिधि र अन्य पक्षहरूलाई अलग अलग कोठामा राखिएको थियो ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान