पूर्वतयारीका कारण डेंगी सङ्क्रमितको सङ्ख्या न्यून

Monday August 14, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले समयमा नै डेंगी सङ्क्रण बढ्न नदिनका लागि पूर्वतयारी गरेकाले विगतको तुलनामा यस वर्ष सङ्क्रमितको सङ्ख्या न्यून रहेको जनाएको छ । गत वर्ष साउनको अन्तिम हुँदा दैनिक सङ्क्रमितहरुको सङ्ख्या १०/१५ जना हुन्थे यस वर्ष हालसम्म जम्मा २५/३० जनामा मात्रै सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार असारको पहिलो सातादेखि नै डेंगी रोग नियन्त्रण र फैलन नदिनका लागि जनचेतनामूलक कार्यक्रमसँगै लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेकाले विगतका वर्षमा भन्दा कम सङ्क्रमित भएका हुन्  ।

समयमा नै पूर्वतयारीको कार्यक्रम मजबुत किसिमबाट गरिएको हुँदा त्यसबाट नियन्त्रणका लागि सहयोग पुगेको र संवेदनशील अवस्था नआएको प्रमुख पौडेलको भनाइ छ । कामपाले असारदेखि नै ३२ वटै वडा कार्यालयको नेतृत्वमा प्रत्येक दिन जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

अहिले रोगको अवस्था सामान्य रहे पनि आवश्यक परे तयारी अवस्थामा रहेको भन्दै प्रमुख पौडेलले सङ्क्रमण देखिए वडा प्रवर्द्धन केन्द्रमार्फत सहज रुपमा सिटामोल र जीवनजल उपलब्ध गराइएको बताए ।

उनका अनुसार उक्त सङ्क्रमण नियन्त्रणका लागि नगर प्रहरीमार्फत टोलटोलमा डेंगीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने, वडास्तरमा गठन भएको द्रुत प्रतिकार्य टोलीसमेत परिचालन गरिएको छ ।

त्यसैगरी सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ–आफ्नो टोल–टोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउने, वर्कशप तथा टायरलगायत सडक किनारामा राखिएको वस्तुमा पानी जम्न नदिनेजस्ता कार्य गरिरहेका छन् ।

बच्ने तरिका 

यो सङ्क्रमणबाट बच्न मुख्यतया लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि लामखुट्टे बस्ने स्थान जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनु हुँदैन ।

कस्तो हुन्छ डेंगीको लक्षण

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने गर्छ । सङ्क्रमणपछि ज्वरो आउने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने जस्ता लक्षण देखा पर्दछ ।


भर्खर

कैलालीमा जंगलभित्र युवतीकाे हत्या

धनगढी :  कैलालीकाे माेहन्याल गाउँपालिका- १ काे तल्लाेपानीमा जंगलभित्र एक युवतीकाे शव फेला परेकाे छ।

कैलाली-५ : साउँदको प्रतिबद्धता पत्र सार्वजनिक

धनगढी : प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र साउँदले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्।

धनगढीकाे बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने

धनगढी: कैलालीकाे धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने