पूर्वगृहमन्त्री लेखक पक्राउ

Saturday March 28, 2026

पढ्न लाग्ने समय :


भक्तपुर : पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ।

सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका लेखकलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादर खड्काले बताए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी काठमाडौँ लगेको छ।
गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले लेखकलाई पक्राउ गरेको हो। जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वगृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरमा किशोरहरूमाथि गोली प्रहार गरेको घटनामा आयोगले उनीलाई जिम्मेवार भनेको छ।


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती