पाशुपत क्षेत्र भाषण गर्ने ठाउँ होइन : मन्त्री तामाङ

Friday May 10, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पाशुपत क्षेत्र विश्वभर फैलिएका सनातन धर्मावलम्बीको पवित्र स्थल भएको र यो भाषण गर्ने ठाउँ नभएको बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषको ३८ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री तामाङले राष्ट्रदेव पशुपतिनाथमा आएर राजनीति गर्ने र कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताए । उनले भने, “गैरराजनीतिक ठाउँअर्थात् धार्मिकस्थलमा आएर राजनीति गर्न कसैलाई छुट छैन, धार्मिक क्षेत्रमा आएर राजनीति नगर्नु होला ।”

यसैगरी उनले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा हेर्न नहुनेसमेत बताए । उनले पछिल्लो समय विकास कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भएको भन्ने सुन्नमा आएकाले अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाए ।

उनले भने, “पाशुपत क्षेत्र गैरराजनीतिक आध्यात्मिक पवित्र थलो हो, यहाँ धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्नुपर्छ ।” पशुपति क्षेत्र, विश्व सम्पदा सूचीमा सूचीकृत, पूर्वीयदर्शन र पूर्वीय संस्कृतिको महत्वपूर्ण केन्द्र रहेकाले यसले विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

सोही कार्यक्रमलाई सम्बाधोन गर्र्दै मन्त्री तामाङले करोडौँ जनसङ्ख्या भएको हिन्दू धर्मप्रति आस्था राख्ने भारतका हिन्दू धर्मावलम्बीलाई सहजरुपमा भित्र्याउन पाशुपत क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताए ।

उनले भने, “हामीले पशुपति क्षेत्रमा रमणीय र आध्यात्मिक परिवेश बनाउनसके मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा अभूतपूर्व योगदान पु¥याउने छ, यहाँको विकासका लागि सबैको सहयोग आवश्यक छ ।”

यसैगरी कोषका सदस्य सचिव डा मिलनकुमार थापाले भगवान् पशुपतिनाथ तथा विकास कोषको हितका लागि आफू सधैँ अग्रसर रहने बताए । उनले भने, “शिवस्व खानुहुन्न भन्ने मेरा पिता पुर्खाको अर्ति छ, म शिवस्व खान्न बरु घरबाट ल्याएर भए पनि यहाँको विकास गर्छु ।”

कोषको अहित चिताउने केही बिरोधीतत्वका कारण आफूले विगतमा निकै दुःख पाएको समेत बताए । उनले भने, “पशुपति विरोधी तथा यहाँको विकासमा अहित चिताउनेले आफ्नो स्वार्थ पूर्ति नहुँदा मलाई बिगतमा दिनु दुःख दिए, म त्यस्ता विरोधीलाई भन्छु मैले गलत काम गर्दिन ।”


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि