पाल्पा पहिरो : मृतक तीन जनाकै पहिचान खुल्यो

Wednesday August 30, 2023

पढ्न लाग्ने समय :


पाल्पा । पाल्पाको रब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा भएको स्कारपियो जिप दुर्घनामा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा गुल्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबल्दार ३२ वर्षीय यमबहादुर बोहोरा, गुल्मीकै रेसुङ्गा नगरपालिका–७ बस्ने ५० वर्षीय मनकलाचुदारा, कास्की पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ३१ वर्षीय विनोद तिमिल्सिना रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

सडकमाथिबाट खसेको सुक्खा पहिराले स्कारपियो पुरिँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको थियो । गाडीमा सवार अन्य आठजना घाइते भएका छन् । अहिले घाइतेहरूको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गुल्मीदेखि पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नंकोे जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिराले आज बिहान करिब साढे ८ बजे पुरिएर दुर्घना भएको रिब्दिकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रकाश पोखरेलले बताए । दुर्घटनाका सम्बन्धमा अहिले अनुसन्धान भइरको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।