पारस खड्का काठमाडौं क्रिकेट संघको सदस्य निर्वाचित

Wednesday August 16, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएका छन्।

मंगलबार काठमाडौंमा सम्पन्न जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले खड्कालाई सर्वसम्मत सदस्य चयन गरेको हो।

साधारण सभाले दिवाकर घलेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द पनि सर्वसम्मत निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरूमा पूर्वक्रिकेटर अमृता पौडेल, मनिषकुमार ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्रलाल श्रेष्ठ र ज्योति गुरुङ चयन भएका छन्।

सदस्यमा निर्वाचित भएलगत्तै फेसबुकबाट प्रतिक्रिया दिँदै पारसले नेपाली क्रिकेटको विकास र विस्तारका लागी सक्दो प्रयास गर्ने बताएका छन्।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको