पाँच सहसचिवको सरुवा, को-कहाँ ?

Tuesday March 26, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । सरकारले आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बरालसहित पाँच सहसचिवको सरुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बरालसहित विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

बराल दुई महिना पनि नपुग्दै विभागीय प्रमुखबाट हटाइएका हुन् । अर्थमन्त्री डा. प्रकाशरण महतले १९ माघ शुक्रवार राति मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बराललाई विभागको नेतृत्व दिने निर्णय गरेका थिए ।

त्यस्तै अर्थ मन्त्रालयका दुई सहसचिवलाई बाहिर पठाउँदै तीन सहसचिवलाई अर्थ भित्र्याइएको छ । जसअनुसार महानिर्देशक बराललाई वन तथा वातावरण मन्त्रालय र अर्जुन प्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

यता अर्थमा सरुवा भएका सहसचिवहरूमा ढुण्डी प्रसाद निरौला, शिव लाल तिवारी र नारायण प्रसाद सापकोटा रहेका छन् ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको