पश्चिम नवलपरासीमा सुन व्यापारीमाथि गोली प्रहार

Sunday February 4, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । पश्चिम नवलपरासीमा अज्ञात समूहको गोली प्रहारबाट एक व्यवसायी घाइते भएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराबारीनजिकै अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर ६५ वर्षीय व्यवसायी गजेन्द्र विश्वकर्मा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराका अनुसार सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा शनिबार राति गोली प्रहार भएको हो ।

पाखुरामा गोली लागेर घाइते भएका विश्वकर्मालाई तत्काल चिसापानी अस्पताल बर्दघाट लगिए पनि उपचार सम्भव नभएपछि बुटवलस्थित तिनाउ अस्पताल रिफर गरिएको थियो । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहअरीले जनाएको छ ।


भर्खर

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न

वनमा अवैध बसोबास हटाउने कार्य सुरु

धनगढी : कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न अभियान सुरु गरिएको छ।