पदक विजेता नेपाली बडिबिल्डरको भव्य स्वागत

Wednesday November 13, 2024

पढ्न लाग्ने समय :


१५ औं वल्र्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा पदक विजेता नेपालका चार खेलाडीलाई बुधवार भव्य स्वागत गरिएको छ । माल्दिभ्समा भएको च्याम्पियनसिपमा नेपालका चार बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ र समन मुलगुठीले नेपाललाई रजत पदक दिलाएका थिए । यस च्याम्पियनसिपमा नेपालका ६ बडिबिल्डरले प्रतिष्पर्धा गरेका थिए । तीमध्ये चार जना पदक जित्न सफल भए । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत ग¥यो । महासंघका सचिव दिनेश राजभण्डारीलगायत पदाधिकारी, खेलाडी र पदक विजेताका परिवारले उनीहरूलाई बाजागाजासहित भव्य स्वागत गरेका हुन् ।
बडिबिल्डिङ एशोसिएशन अफ माल्दिभ्सको आयोजनामा मालेमा शुक्रवार भएको च्याम्पियनसिपमा नेपालले चार पदक जितेको हो । प्रज्वलमानले मास्टर्स ४०–४९ उमेरसमूहका ८० केजीमुनि तौलसमूहमा रजत जितेका हुन् । यसमा १० जना प्रतिद्वन्द्वी थिए । रुजेशले ६० केजी र रजनीले ५५ केजीमाथि नेपाललाई रजत दिलाएका थिए । सनमले भने स्विम सुट एभेन्टमा रजत पदक जितेकी हसन् ।
त्रिुभवन विमानस्थलमा पदक विजेता रजनीले घरपरिवारलाई मनाएर आउनुपर्ने भएकाले पुरुषको तुलनामा महिलालाई बडिबिल्डङमा प्रतिस्पर्धा गर्न सहज नहुने बताइन् । ५÷६ महिनाको तयारीलाई ४ देखि ६ मिनेटभित्र आफ्नो पोज देखाउन सहज नरहेको उल्लेख गरिन् । अर्की पदक विजेता सनम मूलगुठीले आफ्नो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु नै गर्वको क्षण रहेको बताइन् । विदेशी भूमिमा झण्डा फरफराउँदा आफू धेरै खुशी रहेको उनको भनाइ थियो ।

स्वागत कार्यक्रममा महासंघका सचिव दिनेश राजभण्डारीले खेलाडीको तयारी र सहभागिताका बारेमा जानकारी दिएका थिए । प्रतियोगितामा नेपालका ६ बडिबिल्डरले प्रतिष्पर्धा गरिरहेका गरेका थिए । ललित धिमाल, रजित आचार्यले प्रतिस्पर्धा गरे पनि पदकविहीन भए । कुल ४१ राष्ट्रका ३०० जना खेलाडीले च्याम्पियनसिपको ५२ वटा विधामा प्रतिस्पर्धा गरेका थिए ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको