पत्रकारितामा फोटोको महत्व धेरै हुन्छः उपप्रधानमन्त्री सिंह

Sunday November 24, 2024

पढ्न लाग्ने समय :


फोटो पत्रकार समूह नेपालले फोटो पत्रकारहरुको संस्थालाई सरकारले छुट्टै स्थान दिनुपर्ने माग राखेका छन् । आईतवार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटेर सो माग गरेका हुन् । उनीहरुले विश्वमा फोटो पत्रकारहरुको संस्थालाई सरकारले छुट्टै स्थान दिइरहेको भन्दै नेपालले पनि फोटो पत्रकारिता र फोटो पत्रकारिताको हक हीतको लागि आवश्यक कार्यक्रमहरु अघि बढाउनुपर्ने माग राखे । फोटो पत्रकार समूह नेपालसँगको भेटका क्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले पत्रकारितामा फोटोको महत्व धेरै हुने बताउनु भयो । उहाँले फोटोग्राफबाट घटनाको समष्टिगत रुप आउने भएकाले पनि फोटोग्राफीको महत्व धेरै रहेको उल्लेख गर्नुभयो । फोटो पत्रकारितालाई अझ सशक्त बनाउन भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पत्रकारितामा फोटोको महत्व धेरै नै हुन्छ । हामीले सुन्ने गरेको के हो भने फोटोग्राफी राम्रो भयो भने एउटै फोटोग्राफबाट घटनाको समष्टिगत रुप आउँछ भन्छ । फोटोबाट के म्यासेज दिन खाजेको हो भन्नेकुरा स्पष्ट हुनुपर्छ । फोटोग्राफीलाई अझ सशक्त बढाउन भुमिका खेल्नुपर्छ ।’

फोटो पत्रकार समूह नेपालले आफूहरुले फोटो पत्रकारिता र फोटो पत्रकारिताको हक हीतको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको