न्याय परिषद् सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता खड्काको संसदीय सुनुवाई माघ २० मा हुने

Monday January 27, 2025

पढ्न लाग्ने समय :


न्याय परिषद्को सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाई माघ २० गते हुने भएको छ ।संघीय सुनुवाई समितिको बैठकले खड्काको सुनुवाई माघ २० गते दिउँसो ३ बजे गर्ने निर्णय गरेको हो । नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्यमा नियुक्त गर्न खड्काको नाम पुस २७ गते सिफारिस गरेको थियो । उहाँविरुद्ध कुनै उजुरी प्राप्त नभएको समेत समितिले जनाएको छ । परिषद् सदस्य रहनुभएका रामप्रसाद श्रेष्ठको कार्यकाल गत मंसिर १५ गते सकिएपछि उक्त पद रिक्त थियो । रिक्त सदस्य पदमा सरकारले खड्कालाई सिफारिस गरेको थियो ।

पाँच सदस्यीय न्याय परिषद्को नेतृत्व प्रधानन्यायाधीशले गर्नुहुन्छ भने सदस्यहरुमा वरिष्ठतम न्यायाधीश, कानूनमन्त्री, नेपाल बार एशोसिएशनको तर्फबाट एक जना र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गरेका एकजना कानूनविद् सदस्य रहने व्यवस्था छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको