नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री

Wednesday November 27, 2024

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताउनुभएको छ । बुधवार २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँगको कुराकानीका क्रममा उहाँले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकोले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्ने बताउनुभएको हो । उहाँले नेपालमा समुदायपिच्छे नै पृथक प्रकारको संस्कृति रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको जस्तो संस्कृति संसारका अन्य कुनैपनि देशमा नरहेको उल्लेख गर्नुभयो । उहाँले नेवार संस्कृति, नेवार परिकार र नेवार पहिरनहरुका आफ्नै इतिहास र विशेषता रहेको बताउँदै यसलाई निरन्तरता दिन जरुरी रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति विकसित संस्कृति हो । यस संस्कृतिले नेपाली संस्कृतीलाई मुल रुपमा प्रतिविम्वित गर्छ । थुप्रै नेपाली संस्कृतिका शाखा उपशाखाहरु छन् । हाम्रा पर्वपच्छिे गीत र नृत्यहरु पनि बेग्लै प्रकारको छ । र दुनियाँमा यस्तो पृथक प्रकारको संस्कृति अन्यत्र पाइँदैन । यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरनहरुका आफ्नै इतिहास र आफ्नै विशेशता छन् । जुन कुरा यहाँहरुले कायम राखि आउनुभएको छ । र मैले विश्वास लिएको छु हामी सबैले मिलेर यस्ता संस्कृतिहरुको संरक्षण गर्नुपर्दछ । यी संस्कृतिहरुको जगेर्ना गर्दै उत्थान गर्नुपर्दछ । नेपालका जोगाउनुपर्ने संस्कृतिहरुमध्ये काठमाडौं उपत्यकाबाट शुरु भएको नेवार संस्कृति अत्यन्तै उन्नत, सम्पन्न र इतिहास बोकेको संस्कृति हो । ’

उहाँले नेवार संस्कृति परिमार्जित र परिस्कृत संस्कृति रहेको बताउनु भयो । नेपालका हरेक संस्कृति र परम्पराको संरक्षणको लागि सबै एकजुट भएर लाग्न उहाँले आग्रह समेत गर्नुभयो । ज्यापु दिवस (योमरि पुन्ही) मंसिर ३० गते मनाइँदैछ ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना