नेमकिपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । बुधबार बसेको पार्टी सचिवाल बैठकले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय भएको हो ।

बैठकपछि पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले विज्ञप्ति जारी गर्दै व्यक्ति भन्दा पनि पार्टी नीतिलाई हेर्ने भएकोले प्रधानमन्त्रीको विश्वासको मतदानमा विपक्षीमा मतदान गर्ने बताएका हुन् । प्रधानमन्त्रीमाथिको विश्वासका मत दिने निर्णय भएका पार्टीहरु र नेकपा माओवादी केन्द्रकोवीचमा नीतिगत रुपमा खासै भिन्नता नभएको विज्ञप्तिमा जनाइएको छ ।

नेमकिपा हालसम्म कुनै पनि दलको सरकारमा सामेल भएको छैन । सरकारमा गएका पार्टीहरुलाई उसले नीति तथा कार्यक्रमको आधारमा समर्थन र विरोध गर्नै काम गर्दै आएको छ ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको