नेप्से सूचक २.८२ अंकले घट्यो

Wednesday August 30, 2023

पढ्न लाग्ने समय :


काठमाडौ। सेयर बजार सुस्त बन्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक २.८२ विन्दुले घटेर १९९०.५९ अंकमा अडिएको छ । १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

दुई बाहेक बाँकी सबै समूह घटेका छन् । केही दिन यताको समग्र बजार मूल्यांकन गर्दा नेप्से साइडवेजमा गएको देखिन्छ । सूचकमा खासै उतारचढाव नहुने, कारोबार रकम पनि न्यून हुने अवस्थालाई सामान्यतयः साइडवेजको अवस्था मान्न सकिन्छ ।

नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण बजार प्रभावित हुँदै आएको छ । लाभांशको सिजन सुरु भइसकेको छ । बैंकहरुले समेत लाभांश घोषणा गर्न थालिसकेका छन् । बुधबारमात्रै माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बैंकले बोनस सेयरलाई प्राथमिकता दिएको छ ।

अब क्रमशः अरु बैंक तथा सूचीकृत कम्पनीहरुले पनि लाभांश घोषणा गर्न थाल्नेछन् । समग्रमा अबको केही समय सेयर बजारका लागि लाभांशकै अवधि हुनेछ । यस्तो बेलामा पनि आम लगानीकर्ताको मनोबल भने निकै कमजोर देखिएको छ ।

यस दिन २७६ कम्पनीको ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा माछापुच्छ्रे बैंक अग्रस्थानमा छ ।  यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र लक्ष्मी सनराइज बैंक रहेका छन्।


भर्खर

बाजुरामा छतबाट खसेर वृद्धाको मृत्यु

बाजुराः बाजुराको बडीमालिका नगरपालिकामा एक जनाको घरको छतबाट खसेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका

बझाङको अधिकांश ग्रामीण बस्तीमा अँध्यारो

बझाङः सरकारले सन् २०२६ भित्र देशको सबै ग्रामीण भेगमा विद्युतिकरण सम्पन्न गर्ने घोषणा गरे पनि

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु