नेप्से सूचक २९.४७ विन्दुले बढ्याे

Wednesday August 23, 2023

पढ्न लाग्ने समय :


काठमाडौ । सेयर बजारमा सकारात्मक संकेत देखिएको छ ।

बुधबार नेप्से सूचक २९.४७ विन्दुले बढेर २०४५.४५ अंकमा आइपुगेको छ । ३ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्से सूचकले १९९० आसपासको विन्दुलाई बटम बनाएर फर्किएपछि सकारात्मक माहोल देखिएको हो ।

यसअघि २२ सय भन्दा माथि पुगेको बजार मौद्रिक नीतिपछि भने निरन्तरजसो घटेको यियो ।यसरी घटेको बजार सोमबार २ हजार विन्दुभन्दा पनि तल झरेको थियो ।

त्यसपछि भने बजार बाउन्स ब्याक भएको हो । यस दिन २७३ कम्पनीको ४२ लाख ३७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

७ करोड ५७ लाख रुपैयाँसहित कारोबार रकममा घोराही सिमेन्ट अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र आइएमई लाइफ इन्स्याेरेन्स परेका छन् ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको