‘नेपाल वुड एक्स्पोः उत्पादित सामग्रीहरुको प्रचार प्रसारको सही माध्यम’: व्यवसायीहरु

Saturday January 18, 2025

पढ्न लाग्ने समय :


नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी उत्पादित सामग्रीहरुको प्रचार प्रसारको सही माध्यम बनेको सहभागी व्यवसायीहरुले बताएका छन् । शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डमा शुरु भएको मेलामा आफ्नो कम्पनीहरुको स्टल राखेका व्यवसायीहरु मेला उपभोक्तामाझ पुग्ने सही माध्यम भएको बताउँछन् । उनीहरुले यस्ता मेलाहरुले नेपालमा मात्रै नभइ विदेशमा पनि आफ्ना उत्पादनहरुको बजारीकरण गर्न मेलाले महत्वपूर्ण भुमिका खेल्ने बताए । मेलामा सहभागी अल्ट्रा इन्टिरियोका सञ्चालक श्री खनालले मेलामा सहभागी हुँदा आफ्ना उत्पादनहरु उपभोक्तामाझ बुझाउने र पु¥याउन सहज बनेको बताउनु भयो । उहाँले नयाँ उत्पादनबारे जानकारी दिने, आफ्ना सामग्रीहरुको प्रचारप्रसार गर्ने माध्यम बेला बनेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो मेलामा सहभागी हुनुको कारण भनेको हाम्रा उत्पादनहरु प्रमोशन गर्नु हो । कुनैपनि एग्जिबेसनको उद्देश्य त्यही नै हो । नयाँनयाँ प्रोडक्टहरु के लञ्च भइरहेका छन्, नयाँनयाँ के आइरहेका छन् भनेर इन्फरमेसन दिने उद्देश्यले इभेन्ट अर्गनाइज भएको हो । अवलोकनकर्ता कम भएपनि यही क्षेत्रमा जानकारी लिने किसिमको हुनुहुन्छ । त्यसैले महत्वपूर्ण छ ।’

मेलामा सहभागी मयुर प्लाइका सहायक महाप्रवन्धक नवराज केसीले नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी प्रचार प्रसार गर्ने सही माध्यम भएको बताउनु भयो । उहाँले आफ्ना उत्पादनलाई बजारीकरण गर्नका लागि यस्ता एक्स्पोहरुको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । उपभोक्ताहरुसँग प्रत्यक्ष भेट हुने र उपभोक्ताले रुचाएअनुसारका उत्पादनहरु आगामी दिनमा बनाउन मेलाले मदद्त पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो एउटा प्रचारप्रसारको माध्यम हो । यसमा सिधा उपभोक्ताहरुसँग भेट हुन्छ । यसबाट हामीले बजारमा आफ्नो उपस्थितिलाई बढाउन मद्दत पुग्छ । यहाँ आउने अवलोकनकर्ताहरुले प्लाइवुड र ढोकाहरुमा बढी जोड दिइरहनुभएको छ । यसले हामीलाई नेपालमा मात्रै नभइ विदेशमा आफ्नो बजारीकरणका लागि पनि मदद्त पुग्छ ।’

मिराज काठ उद्योगका व्यवस्थापक ईश्वर पोखरेलले मेलाले उपभोक्ताहरुसँग प्रत्यक्ष जोडिन मद्दत पुगेको बताउनु भयो । उहाँले आफ्ना सामग्रीहरु विदेशमा पनि बिस्तार र व्यापार गर्न मेला महत्वपूर्ण रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो कम्पनीमा ढोकाहरुमा गुणस्तरीय उत्पादन गर्नेभित्र पर्छ नेपालको हकमा । त्यसैले यसमा बजारीकरण पनि हुन्छ । उपभोक्ताहरुसँग सिधा जोडिन सकिन्छ । यस्ता मेलाहरुले हाम्रो सामान देशमा मात्र नभइ विदेशमा पनि बिस्तार गर्न मद्दत पुग्छ ।’ 

त्यस्तै ऋद्धिसिद्धि ल्याबिनेट्स प्रा.लि.का सहसंस्थापक रवि नेमानीले मेलाले आफ्ना सामग्रीहरुको बजार बिस्तारमा महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । भारतका सामग्रीहरु नेपाली बजारमा ल्याउन र आम नागरिकलाई बुझाउन मेला महत्वपूर्ण रहेको बताउनु भयो । मेलाले आफ्ना उत्पादनको प्रचार प्रसारमा मद्दत पुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी आफ्ना उत्पादनहरु नेपाली बजारमा बिस्तार गर्नका लागि मेलामा आएका छौँ । यस्ता एक्स्पोहरुले नेपालमा आफ्ना उत्पादन बिस्तार गर्न मद्दत पुग्छ । आफ्ना उत्पादनहरुको प्रचार प्रसार गर्नका लागि मदद्त पुग्छ । मेला अवलोकन गर्न आउनेहरुबाट हामी सन्तुष्ट छौँ ।’ 

यता, ज्यागवार प्लाइका निर्देशक रोहित नेमानीले आफ्ना उत्पादित सामग्रीहरुलाई उपभोक्ताहरुमाफ पु¥याउन मेला महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले यस्ता मेलाले आफ्ना उत्पादनबारे जानकारी नहुनेलाई जानकारी दिन फाइदा पुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो बारेमा उपभोक्ताहरुलाई पनि जानकारी हुनुपर्छ भनेर जानकारी दिन र आफ्नो उत्पादनहरुको बजार बिस्तार गर्नका लागि एक्स्पोमा आएका छाँै । थाहा नहुनेलाई जानकारी दिनुपर्छ भनेर हो ।’

त्यस्तै, ट्राइनोक्स नेपालका निर्देशक सुजित माधोगरियाले आफ्ना उत्पादनहरुको बजारीकरण गर्न र उपभोक्ताहरुसँग भिज्न मेलाले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले उपभोक्ताले चाहेको मागअनुसारको उत्पादन गर्न मेलाले सन्देश दिने बताउनु भयो । आफ्ना उत्पादनको सुधार गर्न पनि मेला महत्वपूर्ण रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी जति पनि नयाँ उत्पादनहरु ल्याउँछौँ, हरेक उपभोक्ताहरुसँग भिज्न जरुरी हुन्छ । हाम्रो बजारसम्म सामानहरु पुगेपनि उपभोक्ताले कस्तो चाहेको छ । कस्तो लागेको छ त्यो जान्नका लागि र हामीले आफ्ना उत्पादनको सुधार गर्नका लागि यस्ता एक्स्पोहरुको आवश्यक पर्छ ।

उहाँले धेरै अवलोकन कर्ताहरु आउने भन्दा पनि आवश्यक भएका र बुझ्न चाहेका अवलोकनकर्ताहरु आएर बुझिदिँदा नै आफूहरु सन्तुष्ट हुने बताउनु भयो ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको