नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


दोधारा चाँदनी। नेपाल–भारत सीमा समन्वय बैठक बुधबार महेन्द्रनगरमा सम्पन्न भएको छ। बैठकमा भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षा, नेपाल– भारत सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन्।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बैठकमा भारतमा हुन लागेको लोकसभा निर्वाचन र स्थानीयस्तरमा रहेका चासोका विषयमा छलफल भएको जानकारी दिए। ‘स्थानीयस्तरमा भएका चासोका विषय, लागुऔषध नियन्त्रण गर्नेलगायत विषयमा दुवै पक्ष प्रतिबद्ध छौँ’, उनले भने, ‘लगत्तै हुने पूर्णगिरि मेलालाई व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको छ।’ उनले बैठकमा सीमामा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएको बताए।

भारतको चम्पावत जिल्लाका प्रमुख नवनित पाण्डेयले भारतमा हुन लागेको लोकसभा निर्वाचन र स्थानीयस्तरमा देखिएका समस्या समाधानका लागि छलफल भएको बताए।  उनले भने, ‘२०२५ सम्म उत्तराखण्डलाई नशामुक्त गर्ने अभियान छ त्यसमा नेपालको तर्फबाट पनि प्रतिबद्धता छ।’ उनले लागुऔषध नियन्त्रण गर्नका लागि दुवै देश प्रतिबद्ध रहेका बताए।

बैठकमा नेपालका तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बलका उपरीक्षक खगेन्द्रबहादुर चन्द  सहभागी थिए।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको