नेपाल प्रहरीले भोजपुरबाट थाल्यो साइबर अपराध सचेतना अभियान

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


टक्सार (भोजपुर) । नेपाल प्रहरीले भोजपुरबाट साइबर अपराधसम्बन्धी सचेतना अभियानको शुभारम्भ गरेको छ । अभियानको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले शुभारम्भ गरे ।

केन्द्रीय प्रहरी प्रवक्ता ढकालले सामाजिक सञ्जाल सचेत भइ प्रयोग नगर्दा साइबर अपराधका घटना बढेको भन्दै प्रविधिको सही उपयोग गर्न आग्रह गर्ने उद्देश्यले भोजपुरदेखि अभियान शुभारम्भ गरिएको बताए ।

अभियानअन्तर्गत आगामी तीन महिनासम्म विद्यार्थी, नागरिक, शिक्षकलाई सामाजिक सञ्जालको दुरुपयोगबाट हुनेसक्ने साइबर अपराधबारे जानकारी र सचेतना गराइने छ । “गाउँगाउँमा सचेतना जगाउन भोजपुरबाट जिल्लाव्यापी अभियान सुरु भएको छ, क्रमिकरुपमा यो अभियान अन्य जिल्लामा पनि बिस्तार हुनेछ”, उनले भने । सामाजिक सञ्चालको सही प्रयोग हुनसके आपाराधिक गतिविधि कम गर्नमा मद्दत मिल्ने उनको भनाइ थियो । भोजपुरका नौ वटै स्थानीय तहका ८२ स्थानमा १० हजार नागरिकलाई अभियानमार्फत यसबारे जानकारी गराइनेछ ।

अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको शारदा माविबाट अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमख प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए । उनले प्रविधिको विकाससँगै साइबर अपराध बढेकाले सचेतना अभियान सुरु गरिएको बताए।

साइबर अपराध कम गर्न लागि सबै सचेत रहन जरुरी रहेको कोशी प्रदेश प्रहरी प्रमुख खापुङले बताए । प्रहरीले सुरु गरेको अभियानले सामाजिक सञ्चाल दुरुपयोग कम गर्न पनि सहयोग प्राप्त हुनेमा उनले विश्वास व्यक्त गरे। जिल्लाको अरुण गाउँपालिकाबाट सुरु अभियान सम्बन्धित क्षेत्रका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायतमार्फत सञ्चालन हुनेछ ।

विद्यालयस्तरबाट सुरु अभियानले समुदायलाई पनि सचेत गराउने अरुण गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकालले बताए । उनले भने, “विद्यालयमा अध्ययरत विद्यार्थी, शिक्षक र नागरिकलाई मध्यनजर गर्दे प्रहरीले सुरु गरेको अभियान प्रभावकारी देखिन्छ ।” सचेतनामा सहभागी विद्यार्थीहरुले साइबर अपराधका विषयहरु सुनेको भए पनि विस्तृत जानकारी नभएकाले प्रहरीले सो विषयमा जानकारी गराउँदा थप ज्ञान प्राप्त भएको बताएका छन् ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको