नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना छः अध्यक्ष दाहाल

Monday December 23, 2024

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना रहेको बताउनुभएको छ । सोमवार योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज—२०२४ को उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले खेलले पर्यटन प्रवद्र्धनका साथै देश विकासमा सघाउ पुग्ने बताउनु भयो । उहाँले नेपाल विभिन्न प्रकारका खेलकुद गतिविधिहरुको लागि आकर्षक स्थल बन्ने बताएनु भयो । उहाँले राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अगाडि बढाउन खेलकुदलाई महत्वपूर्ण आधार मान्नुपर्ने बताउनु भयो । आफ्नो प्रधानमन्त्रीको कार्यकालमा प्रधानमन्त्रीको कार्यकालमा नेपाली खेलकुदको विकासका लागि खेलकुद पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्न विभिन्न प्रयासहरू थालेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले आगामी दिनहरुमा पनि नेपाली खेलकुद क्षेत्रको विकासमा समर्पित रहने प्रतिवद्धता जनाउनु भयो ।


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री

धनगढीमा १० वर्षीय बालकको हत्या

धनगढीः धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी