नेपाल—कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा

Wednesday October 2, 2024

पढ्न लाग्ने समय :


नेपाल—कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको छ । नेपाल र गणतन्त्र कोरियाली दुतावासले मंगलवार साँझ ५० औं वर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाएको हो । ५० औं स्वर्ण जयन्तीको अवसरमा दुतावासले कोरियाली भाषा, कोरियाको परिचय तथा संस्कृतिको अनुभुति गराउनका लागि तीनसम्म विभिन्न कार्यक्रमहरू काठमडौंमा आयोजना गरेको हो । कोरियाले ५० औं स्वर्ण जयन्तीको अवसरमा ‘कोरियाली डिजिटल कला प्रदर्शनी’ तथा हाजिरी जवाफ र कोरिया भाषा वतृत्वकला प्रतियोगिता समेत गरेको थियो । मंगलवार ५० औं स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवले सहभागिता जनाउनुभएको थियो । नेपाल र कोरिया सरकारबीच कुटनीतिक सम्बन्धसँगै व्यापार र लगानीमा समेत सम्बन्ध बिस्तार हुँदै आएको छ ।

कार्यक्रमा सहभागि उद्योगी व्यवसायीहरुले कोरियाले नेपाललाई महत्व दिएर लगानी र सहयोग गरिरहेको बताएका छन् । नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेशकुमार अग्रवालले कोरियाले नेपालको शिक्षा,रोजगार र आर्थिक क्षेत्रमा सहयोग गर्दै आएको बताउनु भयो । उहाँले कोरियासँग इपीएस कार्यक्रम सफल भएर नेपालको लागि राम्रो भएको बताउनु भयो । उहाँले कोरिया धेरै विकसित मुलुक भएको भन्दै प्रविधि भित्र्याउन सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालको निजी क्षेत्रले कोरियासँग समन्वय गरेर उद्योग व्यापारमा लगानी भित्र्याउन सक्नुपर्ने बताउनु भयो । उहाँले कोरियासँग नेपालले द्विपक्षीय लगानी सम्झौता ९बीआईए० गरेर जानु आवश्यक देखिएको छ ।

व्यवसायी दीपक मलहोत्राले पनि नेपालमा कोरियाले हाईड्रो,उद्योग र पर्यटनमा लगानी गरिरहेको बताउनु भयो । उहाँले नेपालका सामाग्री कोरियामा निर्यात गर्ने विषयमा पहल भइरहेको बताउनु भयो । उहाँले नेपाललाई कोरियाले दिएको महत्वको फाइदा लिन सक्नुपर्ने बताउनु भयो । उहाँले व्यापार र उद्योगको क्षेत्रमा कोरियाको लगानी वृद्धि भइरहेको बताउनु भयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि