नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई

Wednesday August 16, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । महिला टी-२० विश्वकपको एशिया छनौट र चार देशको टी- २० क्रिकेट सिरिज खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई गरिएको छ ।

बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गर्दै   महिला टी-२० विश्वकपको एशिया छनौट र चार देशको टी- २० क्रिकेट सिरिज खेल्ने नेपाली राष्ट्रिय महिला टिमलाई बिदाइ गरेको हो ।

विश्वकपको एशिया छनौट अघि नेपालले मलेसियामा हुने चार देशको सिरिजमा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सिरिज अगष्ट २२ देखि २६ सम्म हुनेछ ।

वायुमास ओभलमा पाँच दिन चल्ने सिरिजमा शीर्षस्थानमा रहने टोलीले फाइनल खेल्ने छन् भने दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने तालिका क्यानले सार्बजनिक गरेको छ ।

नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङ, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग खेल्न छ भने तेस्रो खेल मलेसियासँग अगस्त २५ मा खेल्ने छ । फाइनल खेल अगस्त २६ मा हुने छ ।

नेपालले त्यसपछि मलेसियामा नै हुने विश्वकपको एशिया कप छनौट खेल अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म खेल्ने तालिका रहेको छ ।

एशिया छनौटमा १२ देशले भाग लिदै छन् । जसमा नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् ।

नेपाली टोलीः

रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी,, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य, खुशी डंगोल


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको