नेपालले विश्व फुटबलको ठूला प्रतियोगिता खेल्न संरचनामा लगानी गर्नुपर्छ– बुफोन

Sunday March 2, 2025

पढ्न लाग्ने समय :


इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोनले नेपालले एशियन कप, विश्वकप र अन्य विश्व फुटबलको ठूलो प्रतियोगितामा खेलेको हेर्न चाहेको बताउनुभएको छ । आईतवार काठमाडौंको हायत रिजेन्सी होटलमा आयोजित पत्रकार सम्मेलनमा बुफोनले विश्व फुटबलको ठूला प्रतियोगिता खेल्न नेपालले संरचना निर्माण र अन्य कुरामा लगानी गर्नुपर्ने बताउनु भयो । ठूलो लक्ष्य लिएर फुटबल खेल्न प्रोत्साहित गरे एकदिन पूरा हुने पनि उहाँको भनाइ छ । बुफोन सन् २००६ को विश्वकप विजेता इटालीका गोलकिपर हुनुहुन्छ । बुफोन आईतवार नेपाल आउनुभएको हो । उहाँले आफू सानै छँदा पनि नेपालको झण्डा नयाँ र नौलो लाग्ने गरेको स्मरण गर्दै हिमालहरूको देश नेपाल आउने आफ्नो सपना पूरा भएको बताउनु भयो ।
नेपाल आउँदा निकै उत्साहित र खुशी रहेको उल्लेख गर्दै यो अवसरका लागि आयोजकलाई धन्यवाद पनि दिनुभयो । उहाँ केपी ओली कपको फाइनलका लागि नेपाल आउनुभएको हो । उहाँले आजको दिन आफू र आफ्नो श्रीमतीका लागि अवस्मरणीय रहेको बताउनु भयो । आफू सधैं कामप्रति माया गर्ने र हरेक दिन आफ्नो उत्कृष्ट दिनका लागि कडा मेहनत गर्ने भएकाले फिटनेस राम्रो हुन सकेको उनले अनुभव सुनाउनस भयो । अहिले आफू केपी ओली कपको फाइनलका लागि आएपनि फेरि नेपाल आउने उहाँको चाहना छ ।
अर्को पटक धेरै समयका लागि नेपाल आउँदा देश बाहिर घुम्ने र यहाँका धार्मिकस्थलमा पनि जाने गोलकिपर बुफोनको योजना छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको