नेपालले विश्व फुटबलको ठूला प्रतियोगिता खेल्न संरचनामा लगानी गर्नुपर्छ– बुफोन

Sunday March 2, 2025

पढ्न लाग्ने समय :


इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोनले नेपालले एशियन कप, विश्वकप र अन्य विश्व फुटबलको ठूलो प्रतियोगितामा खेलेको हेर्न चाहेको बताउनुभएको छ । आईतवार काठमाडौंको हायत रिजेन्सी होटलमा आयोजित पत्रकार सम्मेलनमा बुफोनले विश्व फुटबलको ठूला प्रतियोगिता खेल्न नेपालले संरचना निर्माण र अन्य कुरामा लगानी गर्नुपर्ने बताउनु भयो । ठूलो लक्ष्य लिएर फुटबल खेल्न प्रोत्साहित गरे एकदिन पूरा हुने पनि उहाँको भनाइ छ । बुफोन सन् २००६ को विश्वकप विजेता इटालीका गोलकिपर हुनुहुन्छ । बुफोन आईतवार नेपाल आउनुभएको हो । उहाँले आफू सानै छँदा पनि नेपालको झण्डा नयाँ र नौलो लाग्ने गरेको स्मरण गर्दै हिमालहरूको देश नेपाल आउने आफ्नो सपना पूरा भएको बताउनु भयो ।
नेपाल आउँदा निकै उत्साहित र खुशी रहेको उल्लेख गर्दै यो अवसरका लागि आयोजकलाई धन्यवाद पनि दिनुभयो । उहाँ केपी ओली कपको फाइनलका लागि नेपाल आउनुभएको हो । उहाँले आजको दिन आफू र आफ्नो श्रीमतीका लागि अवस्मरणीय रहेको बताउनु भयो । आफू सधैं कामप्रति माया गर्ने र हरेक दिन आफ्नो उत्कृष्ट दिनका लागि कडा मेहनत गर्ने भएकाले फिटनेस राम्रो हुन सकेको उनले अनुभव सुनाउनस भयो । अहिले आफू केपी ओली कपको फाइनलका लागि आएपनि फेरि नेपाल आउने उहाँको चाहना छ ।
अर्को पटक धेरै समयका लागि नेपाल आउँदा देश बाहिर घुम्ने र यहाँका धार्मिकस्थलमा पनि जाने गोलकिपर बुफोनको योजना छ ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान