नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यकः जनार्दन शर्मा

Thursday December 26, 2024

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता रहेको बताउनुभएको छ । बिहीवार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले यस्तो बताउनुभएको हो । कम्युनिष्ट पार्टीमा एकता गर्ने नेतृत्वको समस्या,कमजोरी र नेतृत्वमा सत्ता स्वार्थ तथा खिचातानीको कारणले एकता कायम रहन नसकेको उहाँको भनाई छ । उहाँले अहिले पनि कम्युनिष्टहरु फुट,गुटका कारण चिराचिरा भएको भन्दै अब कम्युनिष्ट आन्दोलनलाई तेस्रो पुनर्गठनमार्फत समाजवादी कार्यदिशाका आधारमा पुनर्गठनसहित अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले पुनर्गठन गरी दलाल पुँजीपति वर्गले वर्चश्व े कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसको लागि विभिन्न खेमामा रहेर बसेको कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनको अवस्था न हाँसको चाल न बकुल्लाको चाल भने जस्तो भइरहेको टिप्पणी गर्नुभयो । उहाँले कम्युनिष्टहरु अहिले सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको भन्दै जनताका समस्या र जनजीविकाका विषयमा जानकार हुन छोडेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ अहिले नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता छ । जुन पुनर गठन २०६४ मा गर्न खोजिएको थियो । तर २०६४ मा सिङ्गो वाम शक्तिलाई एकतावद्ध गर्ने उदेद्यले चुनावी तालमेल र २०६५मा एकता गरेर जाने प्रक्रिया शुरु भएको हो । त्यो बेलाको कम्युनिष्ट एकता नीतिगत रुपमा नराम्रो थिएन । कम्युनिष्ट पार्टी एकता गर्ने नेतृत्वको समस्या,कमजोरी,गलत नेतृत्व र नेतृत्वमा सत्ता स्वार्थ खिचातानीको कारणका कारणले त्यो सफल हुन सकेन । आजका दिनमा कम्युनिष्ट आन्दोलनलाई तेस्रो पुनर्गठनमार्फत समाजवादी कार्यदिशाका आधारमा दलाल पुँजीपति वर्गले बर्चसो कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्दै पुनर्गठन सहित अगाडि बढ्नुपर्ने आवश्यकता छ । विभिन्न खेमामा रहेर बसेको कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बेला आएको छ । आज कम्युनिष्ट आन्दोलनको अवस्था न हाँसको चाल न बकुलाको चाल भने जस्तो भएको छ । हामी अगाडि बढ्ने कसरी हो । वर्तमान सत्ता स्वार्थमा लागि रहने हो । जनजीविकाका यावत समस्या समाधान गर्दै अघि बढ्ने हो । कम्युनिष्टहरुले उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बनाउने नेतृत्व गर्नुपर्छ । पार्टीभित्रका बहसलाई नकारात्मक चिन्तनको रुपमा लिने प्रवृति हावी हुँदै गएको छ । कम्युनिष्ट नेताहरुमा जनताका दुख बुझ्न जाने भन्दा पनि सम्पती आर्जन र सुख सुविधामा तल्लिन हुन कम्युनिष्ट विचलनका आयामहरु देखिएका छन् ।’

उहाँले कम्युनिष्टहरुले उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बनाउने नेतृत्व गर्नुपर्ने समय आएको बताउनु भयो । उहाँले पार्टीभित्रका बहसलाई नकारात्मक चिन्तनको रुपमा लिने प्रवृत्ति हावी हुँदै गएको पनि बताउनु भयो ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना