नेपालमा उत्पादित सामग्री किनौँ, प्रोत्साहन गरौँः उपपप्रमुख डंगोल

Friday December 27, 2024

पढ्न लाग्ने समय :


काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले नेपाली उत्पादनलाई बजारीकरण गर्न जरुरी रहेको बताउनुभएको हो । उहाँले कोटेश्वर महोत्सवको एउटै उद्देश्य यहाँको बजारलाई अझ प्रवद्र्धन गर्नु रहेको बताउनु भयो । उहाँले नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि महोत्सव महत्वपूर्ण हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘महोत्सवको एउटै उद्देश्य छ, त्यो भनेको यहाँको बजारलाई अझ प्रवद्र्धन गर्नु रहेको छ । सँगै नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि पनि यो महोत्सव एकदमै महत्वपूर्ण छ । त्यसकारण पनि आजको यो महोत्सवमा धेरै भन्दा धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बजारसम्म जोड्न ठाउँ पाओस् । कुनै न कुनै हदमा यो व्यवसाय संघले आफ्नो व्यवसाय फस्टाउन महोत्सव गरिएको छ । त्यो विस्तृत रुपमा अघि बढोस् । नेपाली सामग्रीहरु, नेपालमै उत्पादन भएका सामग्रीहरु किनौँ, प्रोत्साहन गरौँ ।’

उहाँले महोत्सवमा धेरै भन्दा धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बजारसम्म जोड्न पाउने बताउनु भयो । उहाँले नेपालमै उत्पादित सामग्रीहरु किन्न र प्रयोग गर्न आग्रह गर्नुभयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको