नेताहरुले नैतिक चरित्र पुनःस्थापित गरौँः मन्त्री पाण्डे

Sunday March 2, 2025

पढ्न लाग्ने समय :


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले राजनीतक दलका नेताहरुले नैतिक चरित्र पुनःस्थापित गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित मेटेरियल एण्ड कल्चरल एडभान्समेन्ट दी प्याक्टिस अफ चाइना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चीनका राष्ट्रपति सि जिन पिङले अघि सार्नुभएको नैतिकताको विचारलाई वर्तमान सन्दर्भमा नेपालका राजनीतिक दलका नेताहरुले अनुशरण गर्नुपर्ने बताउनु भयो । उहाँले भौतिक विकासले मात्रै आत्मसन्तुष्टि दिन नसक्ने भएकाले आत्मिक विकासका लागि पूर्वीय दर्शनले निर्देश गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज दुनियाँले मानव सभ्यताले भौतिक विकास त ग¥यो नै तर भौतिक विकासबाट सन्तुष्ट छैन मानव ।मानवले आत्मिक विकास, आत्मसन्तुष्टिको विषय जुन हाम्रो दर्शनले हामीलाई निर्देशित गरेको कुरा हो । परोपकार पुण्याय, वसुधैव कुटुम्वकम यो हाम्रो संस्कृतिको महत्वपूर्ण पुँजी हो, सम्पती हो । हामी नेपालीले कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङले जुन विचार अगाडि सार्नुभएको छ हामी हाम्रा राजनीतक दलहरुले पनि यो विचारलाई जनस्तरमा पु¥याउनु पर्नेछ । हामी राजनीतिक दल र दलका मानिसहरुले उच्च नैतिक चरित्र राजनीतिमा पुनःस्थापित गर्नुपर्ने छ । हामीले केवल मिठो मसिनो खाना नरम र तातो नाना मात्रै होइन मन भित्रको शान्ति मन भित्रको आत्मसन्तोष यसलाई पनि अभिवृद्धि गर्नुपर्ने छ । त्यो भनेकै मेटरियल र कल्चरल कुरासँग इथिक्स जोडिएको छ भन्ने लाग्छ ।’

मन्त्री पाण्डेले नेपाल र चीनबीच संस्कृतिका राम्रा पक्षहरुको आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले असल नैतिक चरित्र निर्माण गर्नसके नेपालले आफ्नै खुट्टामा उभिएर उज्वल भविष्य निर्माण गर्न सकिने बताउनु भयो ।


भर्खर

कैलालीको चिसापानीमा जाल्पादेवी केबलकारको पोल ठड्याउने काम सुरु

कैलालीः आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती