नेकपा एसका पोलिटब्युरो सदस्य सापकोटाको निधन, पार्टी केन्द्रिय कार्यालयमा अन्तिम श्रद्धाञ्जली अर्पण

Thursday February 20, 2025

पढ्न लाग्ने समय :


नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधान सभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोनगरमा राखिएको छ । बिहीवार निधन हुनुभएका सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा राखिएको हो । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालसमेत पार्टी केन्द्रिय कार्यालय पुग्नुभएको थियो ।

उहाँको बिहीवार बिहँन उपचारका क्रममा निधन भएको हो । ५९ वर्षीय सापकोटा २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा काभ्रेपलाञ्चोक निार्वचन क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएको थियो । उहाँको निधनप्रति दुःख प्रकट गर्दै पार्टीले उहाँको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेको छ । श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका महासचिव घनश्याम भुसालले उहाँको योगदानको स्मरण गर्दै उहाँका योगदान नवयुवाहरुमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सापकोटाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अध्यक्ष नेपालले सम्मान व्यक्त गर्नुभयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको