नेकपा एसका पोलिटब्युरो सदस्य सापकोटाको निधन, पार्टी केन्द्रिय कार्यालयमा अन्तिम श्रद्धाञ्जली अर्पण

Thursday February 20, 2025

पढ्न लाग्ने समय :


नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधान सभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोनगरमा राखिएको छ । बिहीवार निधन हुनुभएका सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा राखिएको हो । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालसमेत पार्टी केन्द्रिय कार्यालय पुग्नुभएको थियो ।

उहाँको बिहीवार बिहँन उपचारका क्रममा निधन भएको हो । ५९ वर्षीय सापकोटा २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा काभ्रेपलाञ्चोक निार्वचन क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएको थियो । उहाँको निधनप्रति दुःख प्रकट गर्दै पार्टीले उहाँको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेको छ । श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका महासचिव घनश्याम भुसालले उहाँको योगदानको स्मरण गर्दै उहाँका योगदान नवयुवाहरुमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सापकोटाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अध्यक्ष नेपालले सम्मान व्यक्त गर्नुभयो ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ