नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरि बजेट आउँछः अर्थमन्त्री

Tuesday May 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौं। अर्थमन्त्री बर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम निकै राम्रो आएको र यसका आधारमा आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री पुनले अहिलकोे कार्यक्रम राम्रो भएकाले यसलाई समर्थन गर्नेगरि बजेट आउने बताएका हुन्। उनले बजेटमार्फत सरकारको नीति कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको धारणा राखे। यसपटक नीति तथा कार्यक्रम र बजेटको तालमेल नभएको भन्ने गुनासो नआउने उनले दावी गरे। त्यस्तै उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरेपछि धन्यवाद दिने बैठक कांग्रेसले अवरुद्ध गर्नु उचित नभएको बताए।

उनले जनप्रतिनिधि संस्थालाई लगातार अवरुद्ध गर्न नहुने भन्दै एकपक्षीय आरोपको जवाफ सदनमा दिन पाउनुपर्ने बताए।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ