निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन सक्दैन : प्रधानमन्त्री दाहाल

Friday May 10, 2024

पढ्न लाग्ने समय :


नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन नसक्ने जिकिर गरेका छन् ।

लक्ष्मी गुप्रअन्तर्गतको लक्ष्मी मोटर अपरेशनले पश्चिम नवलपरासीको रामग्राममा हुन्डाई कम्पनीका गाडीको जडान(एसेम्बेलिङ) उद्योगको आज शुभारम्भ गर्दै  प्रधानमन्त्री दाहालले निजी क्षेत्रको सहकार्य अनिवार्य रहेको बताएका छन् ।

पछिल्लो समय देशमा आर्थिक क्षेत्रको आधारभूत सूचक परिस्कृत हुँदै गएको जिकिर गर्दै प्रधानमन्त्री दाहालले नेपालमा बाह्य लगानी मैत्री वातावरण सिर्जना गर्न सकारात्मकरुपमा काम गरिरहेको जानकारी दिए ।

सरकार आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम र बजेट तयार गरिरहेकाले उक्त बजेटमा उत्पादन, उत्पादकत्व र रोजगारीजन्य गतिविधिलाई मुख्य प्राथमिकता दिइने प्रधानमन्त्री दाहालले बताए ।

देशमा औद्योगिक वातावरण सिर्जना गर्ने सरकारको मुख्य लक्ष्य रहेको दाबी गर्दै उनले देश विकासमा नयाँ गति सिर्जना गर्न देशको आर्थिक समृद्धि मुख्य विषय रहेको स्पष्ट पारे ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको