नाउपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, अध्यक्ष श्रेष्ठले जारी गरिन् ह्वीप

Tuesday March 12, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले मंगलबार ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएकी हुन् ।

अध्यक्ष श्रेष्ठले जारी गरेको ह्वीपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ ।’

आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो ।

नाउपा अहिले सरकारमा भने सामेल छैन । पार्टीका निर्वाचित अध्यक्ष रेशम चौधरीलाई निर्वाचन आयोगले अध्यक्ष बन्न अयोग्य घोषणा गरेपछि श्रीमती श्रेष्ठ नै अध्यक्ष कायम बनेकी थिइन् । त्यसपछि दुवै वीच विवाद बाहिर आएको छ । अध्यक्ष श्रेष्ठ नयाँ गठबन्धनको पक्षमा छन् भने रेशम नेपाली कांग्रेससँग नजिक देखिएका छन् ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना