नाउपाको विवाद सतहमा : प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे दुईथरी विज्ञप्ति

Tuesday March 12, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवाद सतहमा आएको छ । रेशम चौधरी र रञ्जिता श्रेष्ठबिचको विवादले नाउपाको विवाद छताछुल्ल भएको हो ।  यस अघि सुदूरपश्चिम सरकारमा सामेल भएको विषयमा देखिएको विवाद अब  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे पनि देखिएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदलाई ‘ह्वीप’ जारी गरेको केहि समयपछि नै रेशम चौधरी पक्षले सरकारमा नगएर प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नदिने भन्दै विज्ञप्ति निकालेको हो । मंगलबार नाउपाले दुईथरी विज्ञप्ति जारी गरेपाची पार्टीको विवाद सतहमा आएको छ ।

नाउपा संसदीय दलका नेता श्रेष्ठले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन् र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिएको ब्यहोरा अनुरोध छ ।’

 

 

त्यस्तै पार्टीका संस्थापक केन्द्रिय सदस्य एवं वार्ता समिति संयोजक दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा केन्द्रीय समितिको संस्थापक केन्द्रीय समितिको दुई तिहाई बहुमतको निर्णयले सरकारमा तत्काल सहभागी नहुने निर्णय भएको उल्लेख गरिएको छ ।  साथै विज्ञप्तिमा प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरुसँग सहकार्य र समन्वय गरि संवाद अघि बढाउने निर्णय गरेको उल्लेख छ ।

 


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि