नवजीवन सहकारीको अध्यक्षमा पाठक विजयी

Monday May 25, 2026

पढ्न लाग्ने समय :


धनगढीः नवजीवन सहकारी संस्थाको अध्यक्षमा गोपालराज पाठक विजयी भएका छन्। निकटतम् प्रतिद्धन्द्धी केशवराज मिश्रको प्यानलाई क्लीन स्वीप गर्र्दै पाठक तीन सय १५ मतान्तरले अध्यक्षमा विजयी भएका हुन्।
पाठकले चार हजार ७८४ मत प्राप्त गर्दै चुनाव जित्दा प्रतिद्धन्द्ध मिश्रले चार हजार ४६९ मत पाएका छन्। अध्यक्षका अर्का उम्मेदवार घनबहादुर शाहले तीन हजार ६४४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। चुनावमा पाठक, मिश्र र शाह प्यानलसहित प्रतिस्पर्धामा थिए। मिश्र प्यानल नै क्लीन स्वीप भएको छ भने शाह प्यानलका एक सदस्य मात्र विजयी भएका छन्।
तीन सदस्य बाहेक अन्य पदमा पनि पाठक प्यानलकै उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा उत्तम जोशी चार हजार ३०३ मतसहित विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी ईश्वरप्रसाद जोशीले तीन हजार ९०४ र उपेन्द्र विष्टले तीन हजार १९५ मत पाएका छन्।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा उनकै प्यानका गणेशप्रसाद जोशी पाँच हजार १७२ मत प्राप्त गर्दै विजयी भए। प्रतिद्धन्द्धी चेतराज जोशीले पाँच हजार ३३ मत पाएका छन्। सुपरीवेक्षण समितिको सदस्यमा खेमराज पाठक(६०४३) र गणेशप्रसाद पाध्याय(४५५९) विजयी भएका छन्। दुवै जना पाठक प्यानलका हुन्।
कार्य समितिको ७ जना सदस्यमा पनि चार जना उनकै प्यानलका विजयी भएका छन् भने दुई स्वतन्त्र उम्मेदवार र एक जना घनबहादुर शाह प्यानलका छन्। सदस्यमा स्वतन्त्र उम्मेदवार केशवराज जोशी सर्वाधिक पाँच हजार १४३ मत पाएर विजयी भएका छन्।
यस्तै, पाठक प्यानलकी कोपिला कुुँवर(४११२), गणेश बम(३४२६), जयराज जोशी(३२८०) लक्ष्मीराज पन्त(३२७६) विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार खेमराज पाण्डेय(३१३२) र शाह प्यानलका दिर्घबहादुर शाह(३११८) पनि सदस्यमा विजयी भएका छन्।
धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था देशकै अग्रिणी सहकारीमा पर्छ। कुल ४० हजार ८१४ शेयर सदस्य रहेको सहकारीको शनिबार भएको निर्वाचनमा १५ हजार २४१ मत खसेको थियो।

 


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा