धान आयात रोक्न जग्गा बाँझो राख्न हुन्न : मन्त्री भुसाल

Sunday August 20, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले धान आयात रोक्न जमिन बाँझो राख्न नहुने बताएका छन् । देशभर खेतीयोग्य जमिनमध्ये करिब १० लाख ३० हजार हेक्टर बाँझो रहेको उल्लेख गर्दै उनले ती जमिनको उपयोग गर्नुपर्ने बताए ।

समाजवादी सहकारी सङ्गठन नेपालको बागमती प्रदेशस्तरीय भेलामा मन्त्री भुसालले धान आयात रोक्न बाँझो जमिनमा खेती गर्नुपर्नेमा जोड दिँदै त्यस कार्यका लागि बजेटमा पनि उपयुक्त व्यवस्था गरिएको बताए ।

सिँचाइ नपुगेका स्थानमा समेत सिँचाइको व्यवस्था गरेर बाँझो जमिनलाई खेतीयोग्य बनाइने विश्वास दिलाउँदै उनले सामूहिक खेतीको अवधारणा पनि अघि बढाउन आवश्यक रहेको बताउनुभयो । किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरेको उनको भनाइ थियो ।

यसैबीच नेकपा (एकीकृत समाजवादी)को भातृ सङ्गठन समाजवादी सहकारी संङ्गठनको बागमती प्रदेश कमिटीको अध्यक्षमा केशवप्रसाद दङ्गाल निर्वाचित भएका छन् । बागमती प्रदेशका १३ जिल्लाका सहकारी सञ्चालकको भेलाले दङ्गालको अध्यक्षमा ३५ सदस्य कमिटी गठन गरेको हो ।

सो कमिटीको उपाध्यक्षमा निरु खरेल, सचिवमा वसन्त माली, कोषाध्यक्षमा नरबहादुर श्रेष्ठ र सहसचिवमा रेशमलाल श्रेष्ठ चयन भएका छन् ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको