धनगढीमा तस्करीको डिजेलसहित भारतीय नागरिक पक्राउ

Friday May 22, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढीबाट तस्करीको डिजेलसहित भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१९ खेदाघाटबाट भन्सार छली गरी भारतबाट ल्याइएको डिजेलसहित भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको सुडा बस्ने ३५ वर्षीय उमेश गुप्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ अन्दाजी मूल्य २ लाख ५८ हजार ८ सय रुपैयाँ बराबरको डिजेल र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले बरामद सामानसहित थप अनुसन्धान अघि बढाएको जनाएको छ।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा