धनगढीमा ट्राफिक सप्ताह समापन

Monday February 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको आयोजनामा सञ्चालन गरिएको ट्राफिक सप्ताह तथा सडक दुर्घटना न्यूनीकरण विशेष अभियान–२०८२ धनगढीमा सम्पन्न भएको छ। ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ माघ १२ गतेदेखि १८ गतेसम्म प्रदेशभर सञ्चालन भएको यो अभियानको समापन आज विशेष कार्यक्रममार्फत गरिएको हो।

अभियानअन्तर्गत पहिलो दिन धनगढीमा प्रभातफेरी आयोजना गरी औपचारिक सुरुआत गरिएको थियो। नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी, सामाजिक संघ–संस्था तथा सरोकारवाला निकायको सहभागितामा ट्राफिक चौराहा चोकदेखि धनगढी बजारसम्म प्रभातफेरी निकालिएको थियो। हुस्सु लागेका बेला फग लाइट प्रयोग गर्ने, हेल्मेट अनिवार्य लगाउने, मोबाइल प्रयोग नगरी सवारी चलाउने, जेब्रा क्रसिङ प्रयोग गर्ने, तीव्र गति तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउनेजस्ता सन्देश प्रवाह गरिएको थियो।

दोस्रो दिनदेखि प्रदेशभरका ट्राफिक कार्यालयमार्फत सवारी चेकजाँच, विद्यालय केन्द्रित सचेतना कार्यक्रम, चालक तथा यातायात व्यवसायीसँग अन्तरक्रिया, पैदलयात्री लक्षित अभियान, रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएका थिए। यस्तै आज सातौँ दिन समापन कार्यक्रममा जनचेतनामूलक नाटक, प्रतिबद्धता पत्रमा हस्ताक्षर र पुरस्कार तथा सम्मान पत्र वितरण गरिएको थियो।

प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना मगरले प्रदेशको सडक संरचना, सवारी चाप र दुर्घटनाको अवस्थाबारे जानकारी गराउँदै कच्ची तथा ग्राभेल सडकका कारण जोखिम बढेको बताए।सडक दुर्घटना न्यूनीकरण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै चालकको अनुशासन, तालिम र जिम्मेवारीबोधमा कडाइ आवश्यक रहेको बताए। ट्राफिक सप्ताहले नागरिकको सोच र व्यवहार परिवर्तन गर्दै दुर्घटना घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा विभिन्न सुरक्षा निकाय,संघ संस्था,विभिन्न विद्यालयका विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

 


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ