धनगढीको फोहोरमैला व्यवस्थापन केन्द्र वैशाख महिना भित्र सञ्चालनमा आउने

Friday January 23, 2026

पढ्न लाग्ने समय :


धनगढीः बढ्दो सहरीकरणबाट निस्केको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न धनगढी–७, पटेला जंगलमा बनिरहेको फोहोरमैला व्यवस्थापन केन्द्र डेढ महिनामा निर्माण सम्पन्न हुने भएको छ ।
संघीय सहरी विकास तथा भवन कार्यालय कैलालीले फागुन मसान्तसम्म उक्त फोहोर व्यवस्थापन केन्द्र निर्माण सम्पन्न हुने जनाएको छ । एक अर्ब आठ करोड २७ लाख २५ हजार ४८९ रुपैयाँ लागतमा निर्माण भइरहेको व्यवस्थापन केन्द्र बनिसकेको भएपनि सो क्षेत्रमा लाईटिङ, सडक, प्लाष्टिक बिछाउने लगायतका फिनिसिङको काम मात्रै बाँकी रहेको संघीय सहरी विकास तथा भवन कार्यालयका ईञ्जिनियर सौरभ कलौनीले बताए।

अत्याधुनिक प्रविधि सहित बनिरहेको फोहोर व्यवस्थापन केन्द्रले चीनियाँ कम्पनी सिचुवान प्रोभेन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । ईञ्जिनियर कलौनीले भौतिक प्रगति ८९ प्रतिशत भइसकेको र ८१ प्रतिशत वित्तीय प्रगती भएको बताए । निर्माण कम्पनीसंग भएको सम्झौता अनुसार पहिलो तीन वर्ष निर्माण कम्पनीले नै सञ्चालन गर्ने छ भने त्यसपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ । सञ्चालनको सम्पूर्ण व्यवस्थापन भइसकेपछि स्थानीय सरकारले व्यवस्थापन गरी सञ्चालन हुने ईञ्जिनियर कलौनीले बताए ।

निर्माण कम्पनीले फोहोर व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भए लगत्तै सञ्चालन गर्ने तयारी गरेको छ । निर्माण कम्पनीका इन्जिनियर गोविन्दकुमार मण्डलले निर्माण सम्पन्न भएपछि जति सक्दो छिटो सञ्चालन गरिने बताए । उनले आयोजना निर्माणको समय ३ अप्रिलसम्म भएपनि त्यो भन्दा अघि नै निर्माण सम्पन्न गरिने बताए । उनले सञ्चालनसंगै हलियाली प्रवद्र्धनको काम समेत गरिने बताए ।
दैनिक ६० टन फोहर निस्किने गरेको धनगढीको ३० वर्षसम्मको फोहोर व्यवस्थापन गर्न सकिने क्षमता सहित ३२ विघा जमीनमा निर्माण भइरहेको छ । धनगढी उपमहानगरपालिकाले दैनिक ६० टन फोहोर संकलन गरी धनगढी २ दक्षिण बेहडीस्थित सुक्ष्म वर्गीकरण गरी पुनः प्रयोग गर्न सकिने फोहोर बेच्नका लागि संकलन गर्छ भने कम्पोष्ट मल र प्राकृतिक ग्यास बनाउन सकिने करिब ८ देखि १० टन फोहोर दैनिक अर्को पार्टनर देव तालिम केन्द्रलाई दिन्छ ।
त्यसरी व्यवस्थापन हुन नसक्ने फोहोर व्यवस्थापनका लागि फोहोर व्यवस्थापन केन्द्र पठाइने धनगढी उपमहानगरपालिकाले जनाएको छ । धनगढीका पूर्वाधार विकास शाखा प्रमुख ईञ्जिनियर दिजराज भट्टले दैनिक दैनिक १३.६६ टन फोहरमैला खपत हुने गरी आयोजना निर्माण भइरहेको बताए ।

उनले केन्द्रमा फोहरको वर्गीकरण गरेर कुहिले फोहरलाई जैविक मल, प्लाष्टिकजन्य फोहरलाई पुनः प्रयोग र पुनः प्रयोग गर्न नसकिने फोहरमैलालाई डम्पिङ गर्ने साइटहरु राखिएको बताए । २०७९ पुस १४ गते नै निर्माणका लागि चिनियाँ कम्पनीसंग सम्झौता भएको थियो ।

तर निर्माण स्थल निर्धारण र रुख कटान आदेश लिन समय लागेको हुँदा दुई वर्ष ढिला निर्माण शुरु भएको थियो । जसले गर्दा ११ करोड ४४ लाख ८५ हजार ६४० रुपैयाँ लागत बढेको छ । निर्माण शुरु हुन ढिलाई र जमिन फिलिङ लगायतका काम बढेको हुँदा लागत भेरियसन भएको ईञ्जिनियर कलौनीले बताए ।


भर्खर

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान

घोडाघोडी मन्दिरमा रेलिङ

धनगढी : जैविक विविधताले महत्त्वपूर्ण तथा प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र घोडाघोडी क्षेत्रमा सङ्घ, प्रदेश

सुदूरपश्चिममा बिसुपर्व मनाइँदै

वैशाख : हरेक वैशाख १ गते सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा विष मार्ने पर्वका रूपमा ‘बिसु’