दोलखाको कुथेलीबुखरी स्मल हाइड्रोपावर नेप्सेमा सूचीकृत

Monday August 21, 2023

पढ्न लाग्ने समय :


दोलखा । भीमेश्वर नगरपालिका–३ सुुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको सेयर तथा संस्थापक सेयरसहित कूल १२ लाख १८ हजार छ सय ७५ कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले संस्थापकका लागि नौ लाख ७४ हजार नौ सय ४० कित्ता र सर्वसाधारणका लागि निष्कासन गरेका दुई लाख ४३ हजार सात सय ३५ कित्ता सेयर सूचीकृत गरिएको छ ।

आइतबार नेप्से र कम्पनबीच सेयर सूचीकरण सम्झौता भएको नेप्सेले जनाएको छ  कम्पनी सेयर नेप्सेमा सूचीकृत भएसँगै आजदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

कम्पनीका सेयरको पहिलो कारोबारका लागि नेप्सेले एक ५९ रुपैयाँ ६७ पैसादेखि चार सय ७९ रुपैयाँ एक पैसासम्म ‘ओपनिङ रेञ्ज’ तोकेको छ । नेप्सेले सार्वजनिक निष्कासन गरेर सूचीकरण हुँदा पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको प्रतिसेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म ‘ओपनिङ रेञ्ज’ तोक्ने गर्छ । नेप्सेको स्पेशलप्रि–ओपन सेसनमा सोही रेञ्जभित्र पहिलो कारोबार भएपछि कम्पनीको सेयर कारोबार सुरु हुन्छ ।

यस कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले २०७२ साल भदौदेखि परीक्षण उत्पादन सुरु गरेको थियो भने असोजदेखि व्यावसायिक उत्पादन थालेको थियो । यस कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले नौ सय ९८ किलोवाट विद्युत् उत्पादन गरिरहेको छ । यसको निर्माण लागत रु २४ करोड ७५ लाख रहेको सञ्चालक सन्तोष मैनालीले जानकारी दिए ।


भर्खर

कैलालीको लम्कीमा बन्द महेन्द्र राजमार्ग खुल्यो

धनगढीः कैलालीको लम्की क्षेत्रमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको घटनापछि स्थानीयले

‘धनगढी दौडीन्छ’ हाफ म्याराथन बैशाख १८ मा हुने

धनगढीः धनगढी जेसिजद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको ‘धनगढी दौडीन्छ’ कार्यक्रमको मिति यस वर्ष परिवर्तन

कैलालीको कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनीः कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी