देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छः अध्यक्ष राउत

Thursday January 23, 2025

पढ्न लाग्ने समय :


जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।बिहीवार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारका पछिल्ला केही निर्णयहरुले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महशुस गरेको बताउनु भयो । उहाँले मधेसवादी दलहरु अब एकत्रित हुने ठूलो सम्भावना रहेको पनि बताउनु भयो । उहाँले दुई वटा विपरित धारका दलहरु मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा बिरलै हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मधेसवादी दलहरु एकत्रित हुने ठूलो सम्भवाना छ । किनभने दुई वटा ठूला दलहरु आपसमा मिलेर सरकार बनाएका छन् । जुनकुरा लोकतान्त्रिक देशमा बिरलै हुने कुरा हो । दुई वटा विपरित धारका दलहरु मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा हुँदैन । जुन किसिको ऐनहरु अहिले संशोधन गर्न लागेका छन्, यसले के स्पष्ट हुन्छ भने यहाँ दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र हुँदैछ । मधेस केन्द्रित दलहरु मात्रै होइन, ति दुई दलहरु बाहेक अरु सबै दलहरु मिलेर सडकमा आउने सम्भावना प्रवल देखेको छु ।’

अध्यक्ष राउतले व्यवस्थामाथि नै खतरा आउने चिन्ता लागेको बताउनु भयो ।


भर्खर

कैलालीको चिसापानीमा जाल्पादेवी केबलकारको पोल ठड्याउने काम सुरु

कैलालीः आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती