देशको वर्तमान परिस्थिति जटिल र पेचिलो बनेको छः अध्यक्ष दाहाल

Thursday January 2, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले देशको वर्तमान परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले देशको वर्तमान परिस्थिति झनै जटिल र पेचिलो बनिरहेको बताउनुभएको हो । बैठकका निर्णयबारे न्युज  नेपालसँगको कुराकानीमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै  बैठकमा अध्यक्षले राजनीतिक प्रतिवेदन केन्द्रिय कमिटीको बैठकमा पेश गर्ने निर्णय भएको बताउनु भयो । उहाँले बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिका बारेमा पनि आफ्ना धारणा राख्नुभएको र देशको परिस्थिति झनै जटिल बनिरहेको बताउनुभएको जानकारी दिनुभयो ।

प्रवक्ता सापकोटाले अहिलेको सरकारले आफ्नो नेतृत्वको सरकारले गरेका कामहरु उल्ट्याउने, भ्रष्टाचारी जोगाउने काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले विद्युत महशुल नतिर्नेहरुको महशुल मिनाह गर्नुपर्ने दबाब प्रधानमन्त्री र उर्जा, जलश्रोत तथा सिंचाईमन्त्रीले दिइरहनुभएको पनि बताउनु भयो । उहाँले आफ्नालाइ जोगाउने र बिरोधीहरु खोजिखोजि कारबाही गर्ने काम भइरहेको बताउनु भयो । उहाँले काँग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समिति सभापति ऋषिकेस पोखरेलकी श्रीमतीलाई उन्मुक्ति दिइएको आरोप लगाउनु भयो । उहाँले राष्ट्रिय जीवनका हरेक क्षेत्रमा हस्तक्षेपले सीमा नाघेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आजको स्थायी कमिटी बैठक पेरिसडाँडामा बसेको थियो । मुख्य गरी एजेण्डा भनेको पुस २१ गतेदेखि केन्द्रिय समितिको बैठक बस्दैछ । त्यो बैठकका एजेण्डाहरुको बारेमा आज छलफल भयो । अध्यक्षले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभयो । सबै प्रदेशका अध्यक्षले प्रदेशको रिपोर्टिङ गर्नुभयो । अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्नुहुन्छ । आगामी कार्ययोजना, समसामयिक प्रश्तावहरु हुनेछन् । अहिलेको देशको वर्तमान परिस्थिति असाध्यै जटिल र पेचिलो बन्दै गएको छ । हाम्रो पार्टीको नेतृत्वको सरकारले गरेका कामहरुको सवालमा उल्ट्याउने काम गरिरहेको छ । भ्रष्टाचार नियन्त्रण होइन, भ्रष्टाचारीलाई संरक्षण गर्ने काम गरिरहेको छ । जस्तै प्राधिकरणले राम्रो काम गरिरहेको छ । विद्युत महशुल नतिर्नेहरुको महशुल मिनाह गर्नुपर्छ भन्ने खालको प्रधानमन्त्रीको निरन्तर दबाब छ । उर्जामन्त्रीले प्राधिकरणमै इतिहासमै नभएको प्राधिकरणमै कार्यालय खोलेर दबाब दिइरहनुभएको छ । भूटानी शरणार्थी, सुन काण्ड, गिरिबन्धु टिस्टेट, एम्नी र यतिका कुरा हुन् सबै चिजलाई ढाकछोप गरिएको छ । अरु बिरोधीहरुको खोजिखोजि बिरोधीहरुलाई खोजिखोजि कारबाही गर्ने र आफ्नालाई संरक्षण गर्ने गरिएको छ । दुई वटा उदाहरण नै काफी छ । एउटा नेपाली काँग्रेसको उपसभापति धनराज गुरुङको, सहकारी संसदीय समितिको प्रतिवेदनमा नै उल्लेख छ । उहाँलाई केही गरिएको छैन । त्यस्तै लेखा समितिको सभापतिको श्रीमतीलाई पनि वास्तवमा उनी घरमै छन्, फरार भनिएको छ । यसरी आफ्नलाई संरक्षण गर्ने र अरुलाई काम गर्न नदिने काम भइरहेको छ । राष्ट्रिय जीवनका हरेक क्षेत्रमा हस्तक्षेपले सीमा नाघेको छ ।’
उपाध्यक्ष सापकोटाले त्रिभूवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल मंसिर २६ गतेदेखि नै विश्वविद्यालय नगएको बताउनु भयो । उहाँले त्रिभूवन विश्वविद्यालयमा पनि दबाब दिने काम हुँदा यो परिस्थिति सिर्जना भएको उहाँको दाबी छ । उहाँले विश्वविद्यालयको सिनेट बैठक सिंहदरबार बोलाएर कार्यपालिकामा बस्नु गलत भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘त्रिभूवन विश्वविद्यालयको उपकुलपति केशरजंग बराल मैले सुन्दैछु, उहाँ मंसिरको २६ गतेदेखि कार्यालयमा जानुभएको छैन । आज हामी १८ मा कुरा गर्दैछौँ । २३÷२४ दिन भनेको सानो कुरा होइन । इतिहासकै कहिल्यै थिएन, त्रिभूवन विश्वविद्यालयको सिनेटको बैठक सिंहदरबारमा भएको छ । कार्यपालिकामा आएर विश्वविद्यालयको बैठक सर्वथा गलत कुरा हो । यस्ता केही उदाहरणले मात्रै पनि सरकार अधोगतितिर छ भन्ने देखाउँछ । सेवा प्रवाह, सुशासन कायम गर्ने कुरामा उल्टो दिशामा गइरहेको छ ।’
उहाँले सरकार निरन्तर अधोगतितर्फ उन्मुख भएको बताउनु भयो । उहाँले नेपालीहरुले एक स्वरले नेपाल नेपालीहरुको हो र नेपालीहरुले चलाउनुपर्छ भन्ने आवाज उठाउन जरुरी रहेको बताउनु भयो । सरकार पूर्ण रुपमा असफल भएको दाबी गर्नुभयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि