दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैनः स्वास्थ्यमन्त्री पौडेल

Wednesday December 25, 2024

पढ्न लाग्ने समय :


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले समिकरणमा संसदको झन्डै दुईतिहाई बहुमतको सरकार बनेको बताउनु भयो । उहाँले यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रुपमा काम गर्न नसके अर्को बलियो र फरक परिस्थितिको अनुमान गर्न सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले दुई ठूला पार्टी मिलेर बनेको सरकारले काम नगरेर अर्को विकल्पको सरकार बनेर काम गर्नसक्छ भन्ने आशा गर्नसक्ने स्थिति नभएको बताउनु भयो । उहाँले  दुई ठूला पार्टी मिलेर सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनुभएको बताउनु भयो । उहाँले एकिकृत स्वरुप निर्माण भएपछि जनताले अपेक्षा गरेका काम नगर्ने छुट वर्तमान सरकारलाई नभएको उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो,‘ नेपाली काँग्रेस र नेकपा एमाले समिकरणमा सरकार बनेको छ । संसदको झन्डै दुईतिहाई बहुमतको सरकार बनेको छ । यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रुपमा काम गर्न सकेन भने अब यो भन्दा बलियो र फरक परिस्थितिको अनुमान गर्नसक्ने त्यसले रिजल्ट दिन सक्छ भनेर आशा गर्न सक्ने स्थिति हुन सक्दैन । त्यसैले सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु हो । एकिकृत स्वरुप निर्माण भएपछि निर्वाचित कमिटिले भेलिभर गर्नुपर्छ । नगर्ने छुट हुँदैन । वर्तमान सरकार पनि असफल हुन्छ भने अन्य कसले गर्न सक्छ ? कोबाट अपेक्षा गर्न सकिन्छ । सरकारको जस्तै अहिले पत्रकार महासंघमा पनि परिस्थिति बनेको छ । चुनौती पूर्ण सफलता प्राप्त भएको छ । त्यही अनुसार अघि बढ्नुपर्छ । पत्रकार महासंघको वर्तमान नेतृत्वले पत्रकारको पेशागत,मर्यादा र योगदानलाई निरन्तरता दिने वातावरण बनाउन जरुरी छ ।’

उहाँले सरकारको जस्तै पत्रकार महासंघमा पनि त्यही परिस्थिति बनेको भन्दै चुनौती पूर्ण सफलतालाई  पत्रकारको पेशागत,मर्यादा र योगदानलाई निरन्तरता दिने वातावरण बनाउन जरुरी रहेको बताउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको